पत्रकार, लेखक र साहित्यकारको लेखले जनताको सेवा गर्नमा थप हौसला प्रदान
- भाद्र ८, २०८३
–नारायण अधिकारी
चितवन, ३० भदौ । विगत दुई वर्ष यता फुल (अण्डा) को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैङ्कमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ ।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार निर्धारण गरिएको मूल्यमा अण्डा बिक्न सकेको छैन । सङ्घले ठूलो अण्डा प्रतिक्रेट फार्म मूल्य रु. २७० तोकेको थियो । तर, हाल कृषकको फार्मबाट रु. २२५ हाराहारीमा बिक्री भएको छ । खपत बढ्न नसक्नु र उत्पादन बढी नै भएकाले कृषकले मूल्य नपाएको केसीको भनाइ थियो ।
दैनिक २९ लाख गोटा अण्डा उत्पादन हुने गरेको भन्दै केसीले लागत मूल्य नपाएका कारण कृषक मर्कामा परेको बताउनुभयो । दानाको मूल्य र मजदुरको पारिश्रमिक बढेको तर अण्डाको मूल्य नबढेपछि कृषक मर्कामा परेका हुन् । पूर्वी चितवनमा कुखुरा पाल्दै आउनुभएका सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभूषण ओली एउटा अण्डा उत्पादन गर्न रु. १० भन्दा बढी खर्च हुने भए पनि अहिले कृषकले रु सात हाराहारीमात्र पाउन सकेको बताउनुहुन्छ । एउटै अण्डामा रु. तीनभन्दा बढी नोक्सान बेहोर्नुपरेका कारण कृषक विस्थापित हुने अवस्थामा पुगेको उहाँले गुनासो गर्नुभयो ।
केही महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु. १२० सम्म झरेको भन्दै उहाँले त्यतिबेलादेखि निरन्तररूपमा कृषकले नोक्सान बेहोर्दै आएको बताउनुभयो । देशमा आत्मनिर्भर बनेको यस पेशाबाट कृषक विस्थापित हुनबाट रोक्न सरकारलाई गुहारेको ओलीले बताउनुभयो । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, कृषिमन्त्री, अर्थमन्त्री, सांसदलगायत सरोकारवाला निकायलाई यस विषयमा जानकारी गराउने काम सङ्घले गरिरहेको उहाँले बताउनुभयो ।
Leave a Reply