अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
वेलिङ्टन, न्यूजील्यान्ड (एपी) । प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । प्रशान्त महासागर क्षेत्रमा सोलोमन द्वीप ताइवानको सबैभन्दा ठूलो गठबन्धन मुलुक थियो ।
सोलोमनले आफ्नो कूटनीतिक सम्बन्ध चीनसँग जोडेको छ । विज्ञका अनुसार प्रशान्त महासागर क्षेत्रका अरू मुलुकले पनि ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्ने सम्भावना छ ।
सोलोमनको पछिल्लो निर्णयले ताइवानमात्र नभई अमेरिकालाई पनि असर पर्न सक्नेछ । सोलोमन द्वीप अस्ट्रेलिया र संयुक्तराज्य अमेरिकाको बीचमा अवस्थित छ । यस क्षेत्रमा दोस्रो विश्वयुद्धमा जापान र अमेरिकी गठबन्धनका सेनाबीच भीषण युद्ध भएको थियो ।
सोलोमन द्वीपका प्रधानमन्त्री मनासेह सोगाभारका प्रवक्ता अलेक्स अक्वाइले संसद्मा भएको मतदानमा ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेर चीनसँग जोड्नुपर्छ भन्ने पक्षमा २७ जना सांसदले मतदान गरेको र छ जना अनुपस्थित रहेको जानकारी दिए । त्यसपछि मन्त्रिपरिषद्को बैठकले पनि सर्वसम्मतरूपमा चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णय गरेको उनले बताए ।
अक्वाईले सोलोमनको राजधानी होनियारास्थित ताइवानी राजदूतावासको झण्डा हटाइएको पनि बताए । तर, यस बारेमा राजदूतावासका कर्मचारीले केही प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
ताइवानका राष्ट्रपति चाई इङ–वेनले ताइवानले आफ्नो राजदूतावास बन्द गर्ने र त्यहाँ रहेका सबै प्राविधिक तथा मेडिकल कर्मचारीलाई फिर्ता बोलाइने बताए ।
यसैबीच, चीनले सोलोमन द्वीपको निर्णयको स्वागत गरेको छ । “सोलोमन द्वीप सरकारको यो निर्णयलाई चीनले अत्यन्त सकारात्मकरूपमा लिएको छ । एक चीन नीतिप्रति सोलोमनको प्रतिबद्धता रहेको हामीले ठानेका छौं,” चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
प्रशान्त महासागर क्षेत्रमा करिब छ लाख ६० हजार जनसङ्ख्या रहेको सोलोमन द्वीप चीनका लागि रणनीतिक महत्वको रहेको छ । प्रशान्त क्षेत्रमा ताइवानसँग कूटनीतिक सम्बन्ध रहेको सोलोमन सबैभन्दा ठूलो राष्ट्र हो । सोलोमनको अर्थतन्त्र मुख्यरूपमा कृषि, माछा मार्ने र वनमा आश्रित छ । यहाँ ठूलो परिमाणमा खनिज पदार्थ रहेको विश्वास गरिन्छ ।
ताइवानलाई कूटनीतिक मान्यता दिने विश्वभर अब १६ वटा मुलुकमात्र बाँकी रहेका छन् जसमा प्रशान्त क्षेत्रका साना पाँच वटा राष्ट्र छन् । प्रशान्त क्षेत्रका मार्शल द्वीप र पलाउसँग अमेरिकाको अति निकट सम्बन्ध रहेको छ । यी दुवै मुलुकले तत्काल ताइवानसँग सम्बन्ध तोड्ने सम्भावना कम छ तर जानकारका अनुसार किरिबाटी, नाउरु र टुभालुले निकट भविष्यमै ताइवान छाडेर चीनसँग सम्बन्ध जोड्नेछन् ।
अमेरिकी रिपब्लिकन सिनेटर मार्को रुबिओले सोलोमनको कदमबाट अमेरिका चुप लागेर बस्न नहुने बताएका छन् ।
Leave a Reply