भर्खरै :

मालपोत एरियामा अनुगमन

भक्तपुर, ३१ भदौ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर मालपोत क्षेत्रमा लेखापढी व्यवसाय, घरजग्गा कारोबारलगायत अन्य व्यवसायहरूमा अनुगमन गरियो । टोलीले १४ वटामा अनुगमन गरेकोमा अधिकांश फर्महरू भक्तपुर नगरपालिकामा दर्ता नभएकोले अनुगमनकै क्रममा १० व्यवसायले दर्ता गरेको बुझिएको छ ।
अनुगमनको क्रममा खोताङ सुनसरी लेखापढी, बिन्ध्यबासिनी लेखापढी, अमु कानुनी सेवा भक्तपुर नगरपालिकामा दर्ता नगरकोले तीन दिनभित्र दर्ता गर्न र सेवा शुल्कको सूची राख्न, शुल्कको लेनदेन स्थायी लेखा नम्बरसहितको रसिदबाट गर्न, लेखापढीलगायत अनुमतिको प्रमाण पत्र फर्ममा देखिने गरी राख्न निर्देशन दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । भीमसेन लेखापढी एउटामात्र दर्ता गरेको भेटिएको र त्यसमा पनि सेवा शुल्कको सूची राख्न, शुल्कको लेनदेन स्थायी लेखा नम्बरसहितको रसिदबाट गर्न, लेखापढीलगायत अनुमतिको प्रमाण पत्र फर्ममा देखिने गरी राख्न निर्देशन दिएको थियो त्यस्तै सिन्धु कानुनी सेवा तथा लेखापढी केन्द्र, मन्थली लेखापढी कामख्या लेखापढी तथा कानुनी सेवा, फ्रेण्डस कानुनी सेवा, जय बाराही लेखापढी, सुन्दर पुरीको ल फर्म, मनकामना लेखापढी, सहयात्री लेखापढी कानुनी सेवा, जय पाथीभरा देवी कानुनी सेवा तथा लेखापढी सेन्टर, सुजन कार्कीको लेखापढी, होमनाथ अधिकारीको लेखापढी, र सुगन राजन मगरको भोजनालयमा अनुगमन गरिएको थियो ।
अनुगमनमा अनुगमन समितिका कार्यपालिका सदस्य रोशनमैंया सुवाल, भनपा श्यानिटेसनका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जू, उद्योग वाणिज्य सङ्घका सञ्जय जोन्छे, महानगरीय प्रहरी परिसरका प्रहरी प्र.स.नि छत्रबहादुर थापा, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *