तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा बुधबार नेपाल क्रान्तिकारी डकर्मी सङ्घको तेस्रो भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमको सफलताको कामना गर्दै अध्यक्ष बिजुक्छेँले मौलिक तथा पुराना घर–सम्पदाहरूको निर्माणसम्बन्धी परम्परागत सीप र प्रविधिहरू नयाँ पुस्तामा पुस्तान्तरण हुनसके कला–संस्कृति संरक्षण भइरहने बताउनुभयो ।
भक्तपुरको मूर्त–अमूर्त कला–संस्कृतिका कारण भक्तपुर घुम्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढिरहेकोले भक्तपुरको कला–संस्कृति संरक्षणमा टेवा पुगेको उहाँले बताउनुभयो ।
डकर्मीहरूलाई प्राथमिक स्वास्थ्य उपचारबारे समेत प्रशिक्षित गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले नयाँ–नयाँ प्रविधि र सीपबारे डकर्मीहरू जानकार हुनुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा भइरहेका विकास निर्माण तथा सांस्कृतिक सम्पदा पुनःनिर्माण उपभोक्ता समितिमार्फत गुणस्तरीय ढ·ले अगाडि बढिरहेको बताउनुभयो ।
“भवन निर्माण र अन्य व्यापारका काममा भारतीय कामदार र लगानीकर्ताको संलग्नता बढिरहेकोले नेपाली कामदारहरू बिस्तारै विस्थापित हुने खतरा बढेकोले बेलैमा सचेत हुनु आवश्यक छ”, प्रमुख प्रजापतिले भन्नुभयो ।
कमसल निर्माण, आर्थिक अनियमितता तथा भ्रष्टाचारका कारण ठेकेदारहरूले बदनाम कमाइरहेको उल्लेख गर्दै उहाँले ठेकेदारहरूलाई इमानदारीपूर्वक काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्लाका अध्यक्ष उपेन्द्र सुवाल, नेपाल क्रान्तिकारी डकर्मी सङ्घका अध्यक्ष विष्णुराम दुमरु, भक्तपुर सिकर्मी सङ्घका अध्यक्ष विक्रम ढुकुछु, नेपाल क्रान्तिकारी डकर्मी सङ्घका उपाध्यक्ष विक्रम कासिछ्वा, नेपाल क्रान्तिकारी मजदुर सङ्घका शिव सितिखु र नेपाल डकर्मी सङ्घका सूर्यनारायण फाँजूले सङ्घ स्थापनाको उद्देश्य र महत्वबारे आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।
Leave a Reply