अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
काठमाडौँ, १ असोज । विदेशी पुस्तक आयातकर्ताहरुले पुस्तक आयातमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) प्रति आपत्ति जनाउँदै कर फिर्ता लिन पुनः अर्थमन्त्रालयसित माग गरेका छन् ।
मन्त्रालयले साउन १ गतेदेखि आयातित पुस्तकमा मूल्य अभिवृद्धि कर लगाउने निर्णयलाई कार्यान्वयनमा ल्याएको थियो । आयातित पुस्तकको बिक्री मूल्यमा १० प्रतिशत कर तिनुपर्ने व्यवस्था भएपछि साउनदेखि विदेशी पुस्तक आयात बन्दसमेत गरिएको आयातकर्ताले बुधबार आयोजित कार्यक्रममा जानकारी दिनुभयो ।
विद्यालय, विश्वविद्यालय तहका कतिपय अनिवार्य तथा ऐच्छिक विषयका पाठ्यपुस्तक तथा अनुसन्धानमा अति आवश्यक पुस्तक आयात बन्द हुँदा विद्यार्थी तथा अनुसन्धानकर्तालाई समस्या परिरहेको बताइएको छ ।
सङ्घका अनुसार गत वर्ष करीब एक अर्ब रुपैयाँ बराबरका पुस्तक आयात गरिएका थिए । आयातित पुस्तकमा कर लगाएपछि पुस्तकको मूल्य पनि धेरै वृद्धि हुने सङ्घले जनाएको छ ।
अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले पुस्तकमा भ्याट लिनु व्यावहारिक नहुने उल्लेख गर्दै ज्ञानमा कर लगाएपछि समृद्ध नेपालको योजना सफल हुन नसक्ने बताउनुभयो ।
नेपाल राष्ट्रिय प्राध्यापक स·ठनका सहसंयोजक प्रा. डा. रमेशप्रसाद भट्टराईले विद्यावारिधिको सोधमा प्रयोग हुने सन्दर्भ सामग्री अहिले पनि विदेशी पुस्तकमा भर पर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै निर्णय फिर्ता लिन माग गर्नुभयो ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बाँनियाले पुस्तक आयातमा कर उठाउनुभन्दा अन्य क्षेत्रमा करको दायरा खोजी गर्न सुझाव दिनुभयो ।
Leave a Reply