भर्खरै :

प्राध्यापकहरू पनि सातौँ महाधिवेशनको तयारीमा

भक्तपुर, १ असोज । नेपाल प्राध्यापक समाज आदर्श आजाद एकाईको आयोजनामा कलेज अध्यापनरत प्राध्यापक–शिक्षकहरूको भेला भयो ।
नेपाल मजदुर किसान पार्टीको असोज ३–५ मा हुने सातौँ महाधिवेशनको बारेमा भएको सो कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिमा नेपाल मजदुर किसान पार्टीले माक्र्सवाद–लेनिनवादलाई व्यवहारमा लागू गरिरहेको बताउँदै प्राध्यापक बौद्धिक एवम् बुद्धिजीवी समुदाय भएकोले यी नै कुरालाई विद्यार्थी सामुमात्र नभई जनतासम्म लानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले प्राध्यापकजस्तो बौद्धिक समुदाय सरकार वा सत्ताको अन्धभक्त हुन नहुने र हरेक विचारलाई समालोचनात्मक र आलोचनात्मकरूपमा अध्ययन गरी सही विचारलाई अङ्गाल्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा कलेजका प्राचार्य श्रीकृष्ण किसी, सहायक प्राचार्य चक्रबहादुर चाकतू, नेपाल प्राध्यापक समाज आदर्श आजाद एकाइका अध्यक्ष प्रेमजन थापाश्रेष्ठ र शिवराम बोहजूले पनि बोल्नुभएको थियो ।

मध्यपुरमा स्वयम्सेवक भेला
मध्यपुर, १ असोज । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको तयारीमा नेपाल क्रान्तिकारी युवा सङ्घ मध्यपुर नगर समितिको आयोजनामा युवा स्वयम्सेवक भेला भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सातौँ महाधिवेशन स्वयम्सेवक परिचालन समितिका संयोजक उकेश कवांले नेमकिपाको महाधिवेशन सफल पार्न युवा स्वयम्सेवकहरूको महत्वपूर्ण दायित्व हुने चर्चा गर्दै महाधिवेशन समाजवादी प्रचार अभियानकै शिलशिला भएको बताउनुभयो ।
नेमकिपा मध्यपुर नगर समितिका अध्यक्ष सूर्यराम थाश्रेष्ठले नेकपाले कम्युनिस्टहरूको बेइज्जत गरेको र जनताको अधिकार रक्षा गर्न सङ्घर्षरत नेमकिपा सही कम्युनिस्ट पार्टी हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ मध्यपुर नगर समिति अध्यक्ष सुरेन्द्र था श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा मध्यपुर नगर समिति उपाध्यक्ष प्रेमजन थापा श्रेष्ठ, नेक्रायुसङ्घ भक्तपुर जिल्ला समिति उपाध्यक्ष आर.के. लघू, अमर श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
महाधिवेशनको तयारी भेला
भक्तपुर, १ असोज । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको प्रचारको क्रममा बुधबार युवा भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् महाधिवेशन स्वयम्सेवक परिचालन समितिका संयोजक उकेश कवांले महाधिवेशनको उद्घाटन ¥यालीबारे जानकारी दिँदै ¥यालीलाई व्यवस्थितरूपमा अगाडि बढाउन स्वयम्सेवकहरुलाई विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा कृष्णगोविन्द लाखा, बलराम गोसाई, जगतराम धुख्वा, रामप्रसाद ग्वाछालगायतले महाधिवशेनको सफलताको लागि गर्नुपर्ने कामहरुबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *