सोभियत हुकुमले गरेका कार्यहरू
- कार्तिक २१, २०८२
काठमाडौं, ८ असोज । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले दसैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर जाने र फर्कने यात्रुले टिकट लिएको गाडी भेटिएन, टिकटमा उल्लेख गरेको सीट पाइएन र म ठगिएँ भन्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाएको छ ।
महासङ्घको प्रदेश नं ३ कार्यालयको बुधबार कोटेश्वरमा उद्घाटनको अवसरमा अध्यक्ष होमप्रसाद अधिकारीले महासङ्घको लोगो अङ्कित निलो ट्रयाकसुट लगाएका व्यक्तिसँग आधिकारिक काउन्टरबाट टिकट लिएमा यात्रुले दुख झेल्ने र ठगिनुपर्ने अवस्था नआउने स्पष्ट पार्नुभयो ।
यात्रुले अनावश्यक हैरानी खेप्नु नपरोस् भन्ने हेतुले लामा तथा मध्यम दूरीमा चल्ने महासङ्घ मातहतका सवारी साधनको टिकट काउन्टरमा बस्ने कर्मचारीको पहिचानको लागि पोशाक वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
टिकट काउन्टरमा बस्ने करीब ५० जनालाई महासङ्घको लोगो अङ्कित पोशाक प्रदान गरिएको वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर तिमिल्सिनाले जानकारी दिनुभयो । चाडपर्व मनाउन आफ्नो घर जान लागेका यात्रुलाई टिकट काट्ने नाममा अनावश्यक दु:ख दिने, टिकट दिने सीट उपलब्ध नगराउने, यात्रुलाई तानातान गरेर हैरानी बनाउने प्रवृत्तिलाई निरूत्साहन गर्न कर्मचारीलाई पोशाक वितरण गरिएको उपाध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।
मुलुकमा विभिन्न भागमा सवारी साधन सञ्चालन गर्ने ८० भन्दा बढी विभिन्न यातायात प्रालि महासङ्घमा आबद्ध छन् । महासङ्घसँग आबद्ध प्रालिबाट लामो, मध्यम र छोटो दूरीका गरी करीब २० हजारको सङ्ख्यामा सवारी साधन सडकमा गुड्दै आएको बताइएको छ ।
कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद ढकालले यात्रुलाई सुरक्षित ढङ्गबाट चाडपर्व मनाउन जाने र फर्कने वातावरण मिलाउने सरकारको नीतिलाई अनुशरण गरेको भनी महासङ्घका पदाधिकारीलाई धन्यवाद दिनुभयो ।
यात्रुलाई सुविधासाथ निर्धारित समयमा तोकिएको स्थानमा पु¥याउन बिग्रिएका सडक र पुलपुलेसा बाधक रहेको हुँदा कतिपय स्थानमा तत्काल सुधारको आवश्यकता देखिएको भनी सो अवसरमा यातायात व्यवसायीले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो ।
Leave a Reply