जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
भक्तपुर, ३० चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले चुनाव जित–हारभन्दा पनि जनताको बीचमा विचार प्रचार गर्न उपयोग गर्नुपर्ने भनाइ राख्नुभएको छ ।
नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा बुधबार सम्पन्न अगुवा महिला कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष रोहितले जनताको सेवा गर्नेले जनताको अपमान गर्न नहुने भन्दै निःस्वार्थ भावले सेवा गर्नु नै राजनीति हो भन्नुभयो ।
अध्यक्ष रोहितले पार्टी कार्यकर्ताले सरल जीवन जिउनुपर्ने भन्दै आफ्नो निम्ति नभई जनताको हितको निम्ति पार्टी आवश्यक भएको उल्लेख गर्नुभयो ।
उहाँले घमण्डी मानिस पार्टीमा नटिक्ने विचार राख्नुभयो । अध्यक्ष रोहितले भन्नुभयो, ‘उनान्सय प्रतिशत समय पार्टीबारे सोच्ने र एक प्रतिशतमात्र आफ्नोबारे सोच्नेले पार्टी सदस्यता पाउनुपर्छ ।’ समाजलाई नसुधारेसम्म हाम्रा केटाकेटी नसुध्रने विचार राख्दै उहाँले महिलाको मात्र हितको कुरा गर्ने नारीवादी हुन्, क्रान्तिकारी होइनन् भन्नुभयो ।
‘उनान्सय प्रतिशत समय पार्टीबारे सोच्ने र एक प्रतिशतमात्र आफ्नोबारे सोच्नेले पार्टी सदस्यता पाउनुपर्छ ।’
पार्टी तथा सङ्गठनमा प्रजातान्त्रिक केन्द्रीयता लागू हुने भनाइ राख्दै अध्यक्ष रोहितले पार्टीभित्र छलफलमा भाग लिन पाइने तर केन्द्रको निर्देशन जिल्ला, जिल्लाको निर्देशन नगरले र एवं रितले तल्ला समितिले निर्देशनको पालना गर्नुपर्ने धारणा राख्नुभयो ।
नेक्रामसङ्घका अध्यक्ष अनुराधा थापामगरको सभापतित्वमा भएको कार्यक्रममा नेक्रामसङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैयाँ सुवाल, सदस्य कान्ति अवा र भक्तपुर नगर अध्यक्ष रोसनमैयाँ सुवाललगायतले बोल्नुभएको थियो ।
यसैबीच नेमकिपा भक्तपुर नगर २ वडा एकाइ समन्वय समिति (साविक वडा नं १० र १५ को) को आयोजनामा बुधबार सम्पन्न पार्टी कार्यकर्ता भेलामा बोल्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुर नपालाई अस्पताल खोल्न स्वीकृति प्राप्त भइसकेको उल्लेख गर्दै जनतालाई स्वास्थ्य उपचारमा अझ सहज हुने धारणा राख्नुभयो ।
‘भक्तपुर नगरपालिकामा नेमकिपाबाट निर्वाचित प्रतिनिधिहरूले जनस्वास्थ्य केन्द्र खोलेर जनतालाई स्वास्थ्य सेवा प्रदान गरेको छ, यसबाट जिल्लाका धेरै जनताले लाभ पाइरहेका छन् । अस्पताल भएपछि अझ राम्रो हुनेछ ।’
उहाँको भनाइ थियो, ‘भक्तपुर नगरपालिकामा नेमकिपाबाट निर्वाचित प्रतिनिधिहरूले जनस्वास्थ्य केन्द्र खोलेर जनतालाई स्वास्थ्य सेवा प्रदान गरेको छ, यसबाट जिल्लाका धेरै जनताले लाभ पाइरहेका छन् । अस्पताल भएपछि अझ राम्रो हुनेछ ।’
अध्यक्ष रोहितले नेमकिपाका जननिर्वाचित प्रतिनिधि रहेको भक्तपुर नगरपालिकाले माग गरेको विश्वविद्यालय स्थापना भएपछि भक्तपुरमा कम शुल्कमा पढाइ पूरा गर्ने र मेडिकल डाक्टरहरूले देशभरका जनताको सेवा गर्ने धारणा राख्नुभयो । उहाँले इञ्जिनियरिङ कलेज र ख्वप कलेजबाट उत्पादन भएका विद्यार्थीहरूले देशभर जनताको इमानदारीसाथ सेवा गरिरहेकोमा प्रशंसा आइरहेको छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले २०७४ साल जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा जनताको निःस्वार्थरूपले सेवा गर्ने विनापक्षपात विकास निर्माणमा साथ दिने उम्मेदवार चयन गर्न अनुरोध गर्नुभयो ।
नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईले भक्तपुर किसान आन्दोलन र राजनैतिक आन्दोलनको केन्द्र हो, २०३६ सालमा सम्पन्न जनमतसङ्ग्रहमा बहुदलले विजयी गराउने सन्देश भक्तपुरबाट दिएको थियो भन्नुभयो ।
नेमकिपा भनपा २ वडा समन्वय समितिका संयोजक हरिप्रसाद बासुकलाको सभापतित्वमा सम्पन्न भेलामा पार्टी भक्तपुर नगर समितिका अध्यक्ष रवीन्द्र खर्बुजा, १० नं वडाका जननिर्वाचित वडा अध्यक्ष आशकुमार कोजू, भलिबल खेलका राष्ट्रिय रेफ्री विनोदचरण राय, समन्वय समिति सचिव श्यामसुन्दर मातां, राजकुमार लघु र तुल्सीलाल बासुकलालगायतले स्थानीय तहको चुनावमा नेमकिपालाई विजयी गराउन अनुरोध गर्नुभयो ।
भेलाले जननिर्वाचित वडा अध्यक्ष आशकुमार कोजुको संयोजकत्वमा वडा नं २ (साविक भनपा वडानं १० र १५) को १९६ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरी चुनाव प्रचार प्रसार अभियान सुरू गर्ने निर्णय ग¥यो ।
Leave a Reply