जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
काठमाडौं, चैत ३० । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन सम्पन्न गरी जेठ १ गते राजीनामा दिने काङ्ग्रेस नेताहरूलाई बचन दिएका छन् ।
काङ्ग्रेस र माओवादीबीच भएको पूर्व सहमतिअनुसार दाहालले स्थानीय निर्वाचनपछि काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न आफू प्रतिबद्ध रहेको भनी काङ्ग्रेस नेतृत्वलाई बचन दिएको स्रोतले बतायो । उनको राजीनामापछि काङ्ग्रेस सभापति देउवा प्रधानमन्त्री हुनेछन् ।
उनले राजीनामा दिए पनि संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गरी जेठ १५ गते नयाँ आर्थिक वर्षको वार्षिक बजेट पेस गर्न संवैधानिक र व्यवहारिक रूपमा सम्भव छ कि छैन भन्ने प्रश्न पनि छ ।
यी दुवै प्रश्नबीच प्रधानमन्त्री दाहालले जेठ १ गते नै राजीनामा दिएर देउवालाई प्रधानमन्त्री बन्न बाटो खुला गरिदिने बचन काङ्ग्रेसका नेताहरूलाई दिएको स्रोतको भनाइ छ ।
काङ्ग्रेस र माओवादीबीच गत साउनमा भएको पाचबुँदे गोप्य सहमतिअनुसार दाहाल नेतृत्वको सरकार चैत मसान्तसम्म रहने र त्यसपछि काङ्ग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने भनिएको थियो । त्यही सहमतिका आधारमा सरकार गठन गरेका दाहालले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गराउने सर्तमा काङ्ग्रेससँग एक महिना थप समय मागेका थिए ।
संविधानको धारा २९८ को उपधारा २ बमोजिम नयाँ प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिले सहमतिका लागि एक साताको समय दिनुपर्छ । संसदमा रहेका दलहरूबीच सहमतिको अवस्था नभएकोले सात दिन बितेलगत्तै संसदबाट प्रधानमन्त्री निर्वाचित गराउने सहमति दुई दलबीच भएको छ ।
यसअनुसार जेठ १० गतेभित्र देउवालाई प्रधानमन्त्री निर्वाचित गरिनेछ । त्यसलगत्तै सरकारले नीति तथा कार्यक्रम पेस गर्ने र जेठ १५ गते देउवा नेतृत्वको सरकारले नै बजेट पेस गर्ने अहिलेसम्मको सहमति छ ।
यसका लागि सत्तारुढ दलहरूले सहमतिका आधारमा नीति तथा कार्यव्रmम र बजेट निर्माण गर्ने गृहकार्य थालिसकेका छन् । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा गठित कार्यदलले नीति तथा कार्यक्रम र बजेटमा गृहकार्य गरिरहेको छ ।
Leave a Reply