सरकारमा गएर कम्युनिस्टको सिद्धान्तअनुसार काम नगर्नेहरू यथार्थमा कम्युनिस्ट होइनन्
- कार्तिक २४, २०८२
काठमाडौँ, ११ असोज । जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्षगाँठ (अक्टोबर १) को अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङलाई शनिबार शुभकामना सन्देश पठाउनुभएको छ । शुभकामना सन्देशको पूर्ण पाठ प्रस्तुत छ ः जनवादी गणतन्त्र चीनको ७० औँ स्थापनाको अवसरमा महामहिम, चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं सदस्य र चिनियाँ जनतासमक्ष नेपाल मजदुर किसान पार्टी र सबै पार्टी सदस्यको तर्फबाट न्यानो शुभकामना र शुभेच्छा व्यक्त गर्दछु ।
चीनका क्रान्तिकारी जनताले प्रतिक्रियावादी, उपनिवेशवादी र साम्राज्यवादी शक्तिविरुद्ध वीरताका साथ लडे र सन् १९४९ को अक्टोबर १ मा मुक्तिको लामो सङ्घर्षमा विजय हासिल गरे । स्वतन्त्रताको ७० वर्षपछि पनि चीनविरुद्ध साम्राज्यवादी शक्तिको षड्यन्त्र र आक्रमण भने चालू छ । हङकङमा संरा अमेरिका र अन्य साम्राज्यवादी शक्तिले थोपरेको उपद्रव र चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्ध यसका केही पछिल्ला घटना र उदाहरण हुन् । संरा अमेरिकी साम्राज्यवादी हस्तक्षेप र उत्तेजनात्मक गतिविधिबीच हङकङमा चीनले देखाएको धैर्यताको हामी प्रशंसा गर्छौँ । संरा अमेरिकी व्यापार युद्धको विषयमा दुवै पक्षको हित हुने गरी चीनले लिएको अडान पनि प्रशंसनीय छ ।
आधुनिक समाजवादी चीनको स्थापनापछिको ७० वर्षमा चीनले हासिल गरेका बृहत् उपलब्धि र ऐतिहासिक सफलता संसारमा मानव सभ्यताको लागि कोशेढुङ्गा सावित भएको छ । चीनको उपलब्धि र सफलता विकसित देशलाई हासिल गर्न सयौँ वर्ष लाग्यो । चीनका ‘चिनियाँ सपना’ र ‘दुई शताब्दी लक्ष्य’ यथार्थमा परिणत हुनेमा हामी विश्वस्त छौँ । क्षेत्र र बाटो परियोजना (बीआरआई) ले संसारमा शान्ति र समृद्धि हासिल हुने र उत्तम विश्व निर्माणको लागि योगदान गर्नेमा कुनै सन्देह छैन । बीआरआईले संसारका करोडौं करोड जनतालाई उत्साहित बनाएको छ र यो परियोजना लामो समयदेखि विकास र शान्तिको चाहना बोकेका जनताको लागि आशाको नयाँ किरण प्रमाणित भएको छ ।
चीन समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक अघि बढ्नेमा हामी विश्वस्त छौंँ । बितेका सात दसकमा चीनले शान्ति, प्रगति, समानता र समृद्धिको लागि दिलोज्यानले सङ्घर्ष ग¥यो । चीनले यो सङ्घर्षमा सफलता हासिल गर्नेमा हामी ढुक्क छौंँ । आगामी दसकमा पनि सङ्घर्ष अघि बढाउन प्रतिबद्ध रहनेमा आशावादी छौं ।
चीनले समाजवादको रातो झन्डा सधैं उँचो फहराउने र सहकार्य, समर्थन र आपसी सम्बन्धमार्फत शान्तिपूर्ण र समृद्धि निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेमा हामी गहिरो विश्वास गर्छौं ।
हामी नेपाल र चीनबीचको मैत्रीपूर्ण र जनस्तरको सम्बन्ध आगामी दिनमा अझ बलियो हुने कामना गर्दछौंँ । नेपाल मजदुर किसान पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको मैत्रीपूर्ण सम्बन्धले समयअनुसार गति पाउनेमा हामी विश्वस्त छौँ ।
Leave a Reply