पुँजीवादी विचारविरुद्ध सङ्घर्ष गर्नु आवश्यक
- कार्तिक २४, २०८२
भक्तपुर, ११ असोज । सुवर्णेश्वर खानेपानी व्यवस्थापन समितिका अध्यक्ष नारायणभक्त साय्जूमाथि शनिबार हालै सम्पन्न खानेपानी व्यवस्थापन समितिको निर्वाचनमा पराजित भएका अध्यक्षका प्रत्याशीले दुव्र्यवहार गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ५ को सुमेरु हाइटमा नवनिर्वाचित खानेपानी व्यवस्थापन समितिका पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष साय्जूले आफ्नो मन्तव्य राख्दै गर्दा निर्वाचनमा नेकपा र नेकाको गठबन्धनबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका प्रत्याशीले अभद्र शैलीमा साय्जूलाई दुव्र्यवहार गरेका थिए ।
खानेपानी व्यवस्थापन समितिका अध्यक्ष साय्जूले स्थानीय तहका जिम्मेवार जनप्रतिनिधिले आफ्नो व्यक्तिगत स्वार्थमा भन्दा जनताको भावनाअनुसार काम गर्नुपर्ने भन्दै गर्दा एक्कासि अध्यक्षका पराजित ‘राजनीति गरेको’ भन्दै अशोभनीय व्यवहार गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले सबैलाई आफ्नो भनाई राख्ने स्वतन्त्रता भएको भन्दै पराजित अध्यक्षको दुव्र्यवहारको प्रतिवाद गरेका थिए ।
कार्यक्रम सुमेरु हाइट टोल सुधार समितिका अध्यक्ष कुलराज निरौलाको सभापतित्वमा भएको थियो ।
Leave a Reply