भर्खरै :

उपहार तथा लाभांश वितरण

भक्तपुर, ११ असोज । आ.व. २०७५÷०७६ मा उल्लेख्य शेयर पँुजी वृद्धि गर्ने सदस्यहरूका लागि सिद्धि गणेश ऋण तथा सहकारी संस्थाले उपहार तथा लाभांश वितरण ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले वर्तमान समयमा भक्तपुर शिक्षा र सहकारी क्षेत्रमा अग्रणी स्थानमा रहेको र अब गठन हुने प्रदेश सहकारी भक्तपुरको संलग्नताविना अधुरो र अपुरो हुन्छ भन्नुभयो ।
उहाँले भक्तपुर शैक्षिक र आर्थिकरूपमा सबल भइसकेको बताउँदै भक्तपुरवासीहरूको राजनीतिक, सांस्कृतिक र सामाजिक स्तर उत्थानका लागि रचनात्मक गतिविधि तथा कार्यक्रमहरूको आवश्यकतातर्फ उपस्थित सहकारीकर्मी एवम् सदस्यहरूको ध्यानाकर्षण गराउनुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष हरिरत्न गोर्खालीले वित्तीय बजारमा प्रतिस्पर्धाको भावनाले सहकारी संस्थाहरूले साधारणसभालाई तडकभडक गर्न थालेकोमा चिन्ता व्यक्त गर्दै साधारणसभामा सदस्यहरूलाई उपस्थिति र लाभांश रकमभन्दा प्रस्तुत हुने वार्षिक प्रतिवेदनमा ध्यान केन्द्रित गर्न सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष राजन लाखाजूको सभापतित्वमा भएको कार्यक्रममा व्यवस्थापक राजेन्द्र दुमरु, सचिव रुद्रनारायण लाखालगायतले बोल्नुभएको थियो ।
जनस्मृति बचतको १० औँ साधारणसभा सम्पन्न
भक्तपुर, ११ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा जनस्मृति बचत तथा ऋण सहकारीको १० औँ साधारणसभा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले सहकारी संस्थाहरूले नाफा कमाउने र सदस्य सङ्ख्या बढाउनेमा भन्दा सहकारीको सिद्धान्तमा आधारित भई समाजको साझा हितको निम्ति काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारी संस्था समुदायमा आधारित संस्था भएकोले बहुसङ्ख्यक जनताको हितमा संस्थाले काम गर्नुपर्छ ।”
सहकारी संस्थाहरूले भक्तपुरको सम्पदा संरक्षणमा योगदान पु¥याउनुपर्ने आवश्यकता औँल्याउँदै प्रमुख प्रजापतिले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थी हितको लागि सस्तो ब्याजदरमा ऋण दिने नीति बनाउन सहकारी संस्थालाई सुझाव दिनुभयो ।
“सहकारी संस्थाले परम्परागत बाजा र नृत्यहरूको तालिम सञ्चालन गर्नुका साथै नियमित स्वास्थ्य शिविर सञ्चालन गरी सामाजिक दायित्व निर्वाह गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाले पुरानो सम्पदा क्षेत्रमा घर निर्माण गर्ने घरधनीहरूको लागि मौलिक शैलीमा घर निर्माण गरेमा मोहडामा लाग्ने इँटा, झिङ्गटी र काठको लागि लाग्ने खर्चको ३५ प्रतिशत अनुदान प्रदान गर्दै आएको प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका ऋण संयोजक कृष्णप्रसाद ह्योङ्गोजूले स्वागत मन्तव्य दिनुभएको थियो भने विभिन्न संस्थाका प्रतिनिधिहरूले वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्यहरू व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले संस्थाका ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्नुका साथै एसईई उत्तीर्ण उत्कृष्ट विद्यार्थीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
नवीन कृषिको वार्षिक साधारणसभा
भक्तपुर, ११ असोज । नवीन कृषि सहकारीको सातौँ साधारणसभा शनिबार सम्पन्न भयो ।
भनपा वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अतिथि कवांले सहकारीले सामूहिक हितलाई ध्यान दिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सहकारीमार्फत कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सके विचौलियाबाट हुने ठगी नियन्त्रण गर्न सकिने बताउनुभयो ।
युरिया मलमा गरिएको अनुदान कटौतीले किसानहरूलाई थप समस्या हुने भएकोले सरकारको उक्त कदमप्रति विरोध गर्नुपर्छ, उहाँले भन्नुभयो ।
थोरै जग्गामा धेरै फल फल्ने हाइटेक प्रविधिबारे भनपाले विज्ञहरूसँग छलफल गरिरहेको वडा अध्यक्ष कवांले जानकारी दिनुभयो । कार्यक्रममा उत्तम सापकोटा, प्रचण्ड प्रकाश नौला प्रधान, बुद्धराम शिल्पकार, राकेश सुकुपायो र बाबुकाजी मानन्धरलगायतले बोल्नुभएको थियो । सभाले सत्यबहादुर देशेमरूको अध्यक्षतामा सात सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ ।
संचित साकोसको दसौँ साधारणसभा
भक्तपुर, ११ असोज । संचित बचत तथा ऋण सहकारी संस्थाको दसौँ साधारणसभा शनिबार सम्पन्न भयो । सभाको उद्घाटन गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारीको नियमअनुसार संस्था सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सहकारीले ब्याज दरमा अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने उल्लेख गर्दै उहाँले सहकारीले सदस्यको हितको लागि विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो । प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठले संचित सहकारीको प्रगति उत्साहप्रद रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष योगेन्द्र खर्बुजाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सल्लाहकारद्वय विनोदचरण राय र गजेन्द्रशङ्कर तिमिला तथा उपाध्यक्ष बालमुकुन्द प्रधानले पनि बोल्नुभएको थियो । कार्यक्रमको बन्द सत्रमा सरस्वती हाकुदुवालले आर्थिक प्रतिवेदन, सचिव न्यूटनप्रसाद सुवालले प्रगति प्रतिवेदन र सत्यराम किसीले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
डाइमण्डको उन्नाइसौँ साधारणसभा
भक्तपुर, ११ असोज । डाइमण्ड बचत तथा ऋण सहकारी संस्था लि.को उन्नाइसौँ साधारणसभा शनिबार सम्पन्न भयो । कार्यक्रममा जिल्ला सहकारी सङ्घ भक्तपुरका वीरेन्द्रभक्त प्रधानाङ्गले सहकारी संस्था नाफामुखी संस्था नभएको बताउनुभयो । उहाँले सहकारीलाई विकास गर्न ज्ञान, सीप, धारणा र व्यवहारलाई मध्यनजर गरे सरकारी सफल हुने विश्वास व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष तुल्सीराम घेमोसुको सभापतित्वमा भएको कार्यक्रममा मनोविद् डा.नरेन्द्र सिं ठगुनाल तथा विभिन्न मित्र साकोसका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका प्रेमसुन्दर पक्का, सुशिला बोय्जू र कृति दुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *