जलवायु परिवर्तनले लाखौँ विस्थापित संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी
- कार्तिक २५, २०८२
संयुक्त राष्ट्र सङ्घ, १२ असोज । क्युवाली क्रान्तिका नेता, पूर्वराष्ट्रपति तथा क्युवाली कम्युनिस्ट पार्टीका महासचिव राउल क्यास्ट्रोलाई संरा अमेरिकामा प्रवेश निषेध गरेकोमा क्युवा सरकारले विरोध गरेको छ । संयुक्त राष्ट्र सङ्घको ७४ औँ महासभामा बोल्दै क्युवाली विदेशमन्त्री ब्रुनो रोड्रिग्युज पारिल्लाले संरा अमेरिकी सरकारले लगाएको त्यस्तो निषेधको विरोध गर्नुभएको हो ।
“गएको बिहीबार संरा अमेरिकी विदेश विभागले क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव राउल क्यास्ट्रो रुजलाई संरा अमेरिका पस्ने प्रवेशाज्ञा दिन अस्वीकार ग¥यो । संरा अमेरिकाको यस्तो निर्णयले क्युवाली जनताको स्वाभिमान र क्युवाली जनताको भावनामाथि प्रहार भएको छ । क्युवाली मूलका अति दक्षिणपन्थीहरूको मत पाउने लोभले संरा अमेरिकी ट्रम्प सरकारले यस्तो निर्णय गरेको हो । यसले आजको संरा अमेरिकी सरकार भ्रष्टाचार, झूठ र अनैतिकको समुद्रमा डुबेको प्रस्ट हुन्छ”, विदेशमन्त्री पेरिल्लाले भन्नुभयो ।
उहाँले क्युवाले आफू र आफ्नो निकटवर्ती देश भेनेजुयलामाथि संरा अमेरिकाले थोपरेको हस्तक्षेपकारी नीतिको विरोध गरेको छ । संरा अमेरिकाले क्युवाली टापुमाथि थोपरेको अमानवीय नाकाबन्दी र क्युवाली अर्थतन्त्रमा हानी पु¥याउने वाशिङ्टनको लगातारको प्रयासप्रति संसारको ध्यानाकर्षण गर्नुभएको हो ।
“केही महिनाअघि संरा अमेरिकाले इन्धन बोकेर विभिन्न देशबाट क्युवा हिँडेका जहाजलाई संरा अमेरिकाले रोकेको थियो । क्युवामा इन्धन पठाउने विभिन्न इन्धन कम्पनीलाई संरा अमेरिकाले धम्की दियो”, उहाँले भन्नुभयो ।
“इन्धन बोकेका जहाज क्युवा पुग्न नसक्दा आज हामी अनेक थरी समस्या भोगिरहेका छौँ । दैनिक जीवनको लागि आवश्यक इन्धन आपूर्ति गर्न हामीलाई गा¥हो भइरहेको छ । यस्तो परिस्थितिमा हामी अस्थायी आकस्मिक कदम चाल्न बाध्य भएका छौँ । त्यस्तो कदम विदेशी हस्तक्षेपविरुद्ध सामाजिक न्यायको लागि लडिरहेका सङ्गठित र भ्रातृत्वपूर्ण सम्बन्ध भएको एउटा व्यवस्थित देशमा मात्र सम्भव छ”, विदेशमन्त्री पेरिल्लाले भन्नुभयो ।
उहाँले क्युवाली अर्थतन्त्रलाई हानी पु¥याउन संरा अमेरिकाले अवैधानिक हेम्स बुर्टन ऐन, १९९६ लाई पुनः सक्रिय बनाएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रपति ट्रम्पले सामाजिक र आर्थिक असमानता बढाउन नवउदारवादी पुँजीवाद जिम्मेवार भएको कुरालाई उपेक्षा गर्र्न खोजिरहेका छन् । यसले संसारका अति विकसित देशलाई प्रभाव पारिरहेको छ । यस्तो अवस्थामा भ्रष्टाचार, सामाजिक सीमान्तीकरण, अपराधको उदय, जातीय असहिष्णुता र जातीय घृणाभावलाई बढाएको छ । पुँजीवादले फासीवाद, रङ्गभेद र साम्राज्यवादलाई बढावा दिने कुरा सायद ट्रम्प भुल्दै छन् ।
ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासिओ लुला डा सिल्भालाई त्यहाँको फासीवादी बोल्सोनारो सरकारले गरेको अपमानपूर्ण व्यवहारको पनि क्युवाली कूटनीतिज्ञले विरोध गर्नुभयो ।
Leave a Reply