समयमै कम्पनी अध्यावधिक गरौँ, नत्र तिर्न पर्ला जरिवाना चर्को
- कार्तिक २५, २०८२
बहुमतको नेकपा सरकारले संविधानको अभिव्यक्ति र वैचारिक स्वतन्त्रतामाथि प्रहार थालेको छ । प्रेसमाथि अङ्कुश लगाउने मिडिया विधेयक त्यसको एउटा औपचारिक रुपमात्र हो । त्यसअतिरिक्त सत्तारुढ दलले फरक विचार बोक्नेमाथि भौतिक हमला गर्ने घटनाहरु बढिरहेका छन् । राजनीति वैचारिक सङ्घर्षको दबु हो । राजनीतिलाई चिन्तन र दर्शनबीच प्रतिस्पर्धा गर्ने वैचारिक मैदान मान्न सकिन्छ । तर, आज सत्तारुढ दलले बहुमतको नाममा राजनीतिलाई भौतिक बलको प्रतिस्पर्धा गर्ने कुस्ती मैदान बनाइरहेका छन् ।
सरकारको आलोचना गर्न पाउनु वैचारिक सङ्घर्ष र संविधानले नै संरक्षण गरेको अभिव्यक्ति स्वतन्त्रताको हक हो । तर, सरकार र सत्तारुढ दलका कार्यकर्ता भने सरकारको आलोचना सहन सकिरहेका छैनन् । यो सत्तारुढ दलमा पलाएको अप्रजातान्त्रिक मनोवृत्तिको सङ्केत हो । पञ्चायतकालमा यसरी सत्ताको अन्धभक्त भई सत्ताको आलोचना गर्ने कुनै पनि शक्तिलाई भौतिक हमला गर्न आउने शक्तिलाई ‘मण्डले’ भनिन्थ्यो । मण्डलेहरू ‘राजाभन्दा राजावादी’ भएर पञ्चायतको रक्षा गर्न भाला, खुकुरी र ढुङ्गा बोकेर तैनाथ रहन्थे । प्रजातन्त्रको पक्षमा बोल्ने जो कोहीको हत्या गर्न, षड्यन्त्र गर्न तिनै मण्डलेहरू परिचालन गरिन्थे । तर, तिनका हरेक त्यस्ता गतिविधिले नेपाली जनतामाझ पञ्चायतलाई झन् झन् बद्नाम ग¥यो । तिनका शक्तिको तुजुकले पञ्चायतलाई कमजोर बनायो । अन्ततः पञ्चायतले जनतासामु पराजय भोग्नुप¥यो ।
राजनीतिकरूपमा समयले कोल्टे फेरिसक्यो । न आज पञ्चायती व्यवस्था बाँकी छ न मण्डलेहरू नै । तर, विडम्बना पञ्चायत आफू सकिएर गए पनि मण्डले प्रवृत्ति भने छोडेर गएको आज नेकपाका गतिविधि हेर्दै जनताले अनुभूति गरिरहेका छन् । तर्कहीन मानिस रिसाउँछ भन्ने एउटा भनाइ छ । जब मानिससँग आफ्नो कामलाई पुष्टि गर्ने सबै तर्कबाट निःशस्त्र हुन्छ, तब उसले भौतिक बलको सहारा लिन्छ । पाँच वर्षको लागि बनेको केपी ओली सरकारले बोलेजस्तो र नेपाली जनताले सोचेजस्तो काम गर्न नसकेपछि जनआक्रोशबाट आजित भएर यतिबेला सत्तारुढ दल भौतिक हमलामा उत्रेको देखिन्छ । सत्ता जोगाउन आज नेकपाले विचारको हतियारभन्दा भौतिक हतियार नै काम लाग्ने सोचेको छ । तर, यो आत्मघाती झूट हो । भौतिक हतियार बोकेका संसारका ठूल–ठूला साम्राज्य र शासकलाई जनताले ढालेका छन् भने त्यही हतियार बोकेर नेकपाले आफूलाई शक्तिशाली ठान्छ भने त्यो उसको अर्को भ्रम पुष्टि हुनेछ ।
नेकपाभित्र आफूलाई बुद्धिजीवी भनाउँदाहरूको वैचारिकी पनि भुत्ते भइसकेको अवस्थामा आज उसले भौतिक शक्तिको सहारा लिएको देखिन्छ । विद्यमान समस्याको वैचारिक समाधान दिने चिन्तकहरूका संसर्गभन्दा सत्तारुढ नेताहरू गुण्डानाइके, डन, भ्रष्ट ठेकेदार र बद्मास मानिसको घेरामा परेको देखिन्छ । यस्तो घेराबन्दीमा परेका नेताहरूले लिने निर्णय भौतिक बलमा आधारित हुनु आश्चर्यको कुरा होइन । तर, इतिहासले त्यस्तो चौघेराबाट शासन चलाउने नेतृत्वको दुःखद् अन्त्य भएको कुरा नेकपाका नेतालाई थाहा नभएको होइन । भ्रष्ट र विकृत मानिसलाई काँधमा बोकेर समाजमा परिवर्तन गर्ने प्रयास काल्पनिक समाजवादी र अराजकतावादीहरूले पनि गरेका थिए । तर, आजसम्म त्यस्ता कोही पनि चिन्तकहरू सफल भएनन् भने नेकपाले त्यही बाटो हिँडेर सफल हुने सम्भावना कहाँ खोज्न जानु ¤ पश्चिम बङ्गालमा कम्युनिस्ट पार्टीले आज भोगिरहेको कन्तविजोगलाई नेकपाले पनि समीक्षा गर्नु बुद्धिमानी हुनेछ ।
Leave a Reply