‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, १२ असोज । नेपाल क्रान्तिकारी किसान सङ्घका सङ्घर्षशील, इमानदार किसान कार्यकर्ता शंखबहादुर याकामीको शनिबार ७९ वर्षको उमेरमा निधन भएको छ ।
विसं १९९७ माघ १ गते ब्यासीमा जन्मनुभएका याकामीका ४ छोरा र ३ छोरी छन् । उहाँ पौराणिक नाटक ‘ख प्याखँ’ का वाद्यवादक हुनुका साथै पछिमाय् र धाँ बाजाका पनि गुरू हुनुहुन्थ्यो ।
विसं २०१५÷१६ देखि नै किसान सङ्घर्षमा क्रियाशील रहेका उहाँ नेक्राकिसङ्घको हरेक आन्दोलन र सङ्घर्षमा सक्रिय सहभागिता जनाउनुहुन्थ्यो ।
२०१९ सालको साँढे धपाउने आन्दोलन, २०२१/२२ सालको बाली काट्ने आन्दोलन, २०२३/२४ को भर्पाई आन्दोलन, २०२३ सालमा अमेरिकी साम्राज्यवादले भियतनाममाथि गरेको साम्राज्यवादविरूद्धको आन्दोलन, भारतीय विस्तारवादले सुस्तामाथिको हस्तक्षेपविरूद्धको सुस्ता बचाउ अभियान र २०३५/३६ को भ्रष्टाचारविरूद्ध अभियानमा उहाँले सक्रियतापूर्वक भाग लिनुभएको थियो ।
जीवनको अन्तिम समयसम्म पनि पार्टी कार्यक्रमहरूमा सहयोग गर्ने उहाँ एक मिलनसार, सङ्घर्र्षशील र अगुवा कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ किसान सङ्घको सांस्कृतिक गतिविधिमा भाग लिई जनतालाई सचेत बनाउने कार्यमा पनि लाग्नुभएको थियो ।
Leave a Reply