जलवायु परिवर्तनले लाखौँ विस्थापित संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी
- कार्तिक २५, २०८२
काबुल, २९ सेप्टेम्बर । तालिबानको धम्कीबीच दसौं लाख अफगानी जनताले गत शनिबार भएको राष्ट्रपति निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेका छन् । कडा सुरक्षा व्यवस्थाबीच स्थानीय समयअनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ३४ वटा प्रान्तमा चुनाव भएको थियो । अपरान्ह्न ३ बजेसम्म मात्र मतदान तय भएकोमा धेरै जनतालाई मतदानमा सहभागी बनाउन दुई घण्टा समय थप गरिएको थियो । सन् २००१ मा तालिबान सत्ता अपदस्थ भएयता अफगानिस्तानमा चौथौ राष्ट्रपति चुनाव भएको हो । ९४ लाख जनताले मतदानमा भाग लिन नाम दर्ता गराएका थिए । तीमध्ये ३५ प्रतिशत महिला थिए । चुनावमा आगामी पाँच वर्षको लागि १८ जनाले उम्मेद्वारी दिएका थिए । तीमध्ये हालका राष्ट्रपति मोहम्मद असरफधानी र सरकारका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह अग्र प्रतिस्पर्धामा छन् । चार जना उम्मेद्वारले आफ्नो नाम फिर्ता लिएका थिए । तालिवानले चुनाव विथोल्ने घोषणा गरेसँगै सुरक्षा नै चुनावको सबभन्दा ठूलो चुनौती बनेको थियो । अफगानिस्तानका विभिन्न स्थानमा केही घटना भएको समाचार स्रोतले जनाएका छन् ।
Leave a Reply