तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौं, १३ असोज । “पुँजीवादी सरकारमा जानेहरू कुनै पनि पार्टी कम्युनिस्ट हुन सक्दैनन् ।” उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सोमबार नेमकिपा काठमाडौँ महानगर समितिको आयोजनामा भएको पार्टीको सातौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा महाधिवेशनको सन्देश कार्यक्रममा बताउनुभएको हो । उहाँले सरकारमा गएका कथित कम्युनिस्ट पार्टीहरूले सिद्धान्तअनुसार व्यवहार गर्न नसकेको बरु पुँजीवादी दलदलमा फसेको बताउनुभयो ।
उहाँले अहिलेको सरकारले पनि विगतको नेपाली काँग्रेस र पञ्चायतकै शासनशैली अनुशरण गरिरहेकोले देशमा भ्रष्टाचार र अनियमितता बढेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भ्रष्टाचारीहरूलाई कारबाही गर्न नसक्नु पुँजीवादी व्यवस्थाकै दोष भएको प्रस्ट पार्दै कम्युनिस्ट पार्टीको मुख्य उद्देश्य मजदुर किसानहरूको हितमा काम गर्ने हो भन्नुभयो ।
उहाँले कार्यकर्ताहरू अध्ययनशील, इमानदार, नैतिकवान भएर देश र जनताको बीचमा जानुपर्ने बताउँदै समाजवादी आन्दोलनलाई अगाडि बढाउन जागरुक हुनुपर्ने बताउनुभयो ।
पार्टीको सातौँ महाधिवेशनले जनताको प्रजातन्त्र, समाजवाद र साम्यवादको लागि अझ मिहिनेतका साथ जनताबीच काम गर्ने तय भएको उहाँले बताउनुभयो । “समाजवादमा विदेशी दलालहरूलाई स्थान हुँदैन, मजदुर र किसानहरूको शासन सत्ता हुनेछ भने साम्यवाद एउटा आदर्श समाज हुनेछ, साम्यवादी समाजमा कुनै किसिमको अपराध हुनेछैन, प्रहरीहरूको आवश्यकता पर्नेछैन, गाउँ र सहरको भेद हुनेछैन”, बिजुक्छेँले भन्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य बजिरसिंह विकले सिंहदरबारको अधिकार गाउँगाउँमा भन्नेहरूले सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म फैलाएको विचार व्यक्त गर्दै भ्रष्टाचारीहरूलाई कारबाही गर्न नसक्नु यो सरकारको लाचारी हो भन्नुभयो ।
उहाँले नेमकिपा कम्युनिस्ट आन्दोलनको प्रकाशस्तम्भ भएको उल्लेख गर्दै कर्णालीमा नेमकिपाले कम्युनिस्टको बीउ छरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले सातौँ महाधिवेशनको सन्देश नगर–जिल्लामा पु¥याई पार्टीको लक्ष्य हासिल गर्न सबै कार्यकर्ताहरू जागरुक हुनुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नेमकिपाको सातौँ महाधिवेशनमा काठमाडौंदेखि भक्तपुरसम्म ऐतिहासिक ¥याली गरी प्रतिक्रियावादीहरूको लागि ठूलो चुनौती दिएको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंले नेमकिपाको सातौँ महाधिवेशनले काम गर्ने जनतालाई उत्साहित गरेको, कामदार जनताको मन जितेको विचार व्यक्त गर्दै माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ्ग विचारधारालाई मार्ग निर्देशक सिद्धान्तको रूपमा नेमकिपाले समाजवादी आन्दोलनको लागि सङ्घर्षरत रहेको बताउनुभयो ।
उहाँले प्रदेश नं. ३ को प्रदेशसभाको अहिलेसम्म राजधानी र नामाङ्कन गर्न नसक्नु दुईतिहाइ सरकार निकम्मा सावित भएको बताउनुभयो । “हामीले प्रदेशसभामा पनि विचार र सिद्धान्त फैलाउन प्रखर प्रतिपक्षको भूमिका निभाउँदै आइरहेका छौँ”, उहाँले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सृजना सैँजूले जनताको सेवा गर्न राजनीति गर्नुपर्ने पार्टीले सिकाएको बताउँदै अन्य पार्टीहरू पद र पैसाको लागि राजनीति गरिरहेको बताउनुभयो । उहाँले चुनाव जित्नको लागि राजनीति गर्नेहरूले पैसाको खोलो बगाएको र जितेपछि भ्रष्टाचार गरी राज्यको ढुकुटी ब्रह्मलुट गरिरहेको बताउनुभयो ।
“जनताको प्रजातन्त्र समाजवाद र साम्यवादका विचारबाट नयाँ पुस्तालाई सङ्गठित गर्न, सचेत पार्न नेमकिपा अगाडि बढिरहेको छ”,उहाँले भन्नुभयो ।
उहाँले महिलाहरू नै राजनीतिकरूपले सक्रिय भई अगाडि बढ्नुपर्ने बताउँदै महिला राष्ट्रपति हुँदैमा महिलाको समस्या समाधान नहुने प्रस्ट पार्नुभयो ।
नेमकिपा काठमाडौं महानगर समितिका अध्यक्ष कुलनारायण डंगोलको सभापतित्वमा भएको कार्यक्रममा सचिव सुरेन्द्र महर्जन र श्यामकुमार महर्जनले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा महाधिवेशनको क्रममा नेवारी मौलिक संस्कृति ‘धुन्याँ’ प्रशिक्षक रत्नमान महर्जनलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।
Leave a Reply