भर्खरै :

सामाजिक सुरक्षा भत्ता वितरण

भक्तपुर, १३ असोज । भक्तपुर नगरपालिका वडा नं . १ (साविक १७) का निर्वाचित जनप्रतिनिधिहरूले २०७६ साउनदेखि २०७६ कार्तिकसम्म ४ महिनाको सामाजिक सुरक्षा भत्ता सोमबार १ नं वडा कार्यालयमा वितरण गरियो ।
सामाजिक सुरक्षा भत्ता वितरणमा ज्येष्ठ नागरिक १९९ जनामध्ये १५३ जनालाई रु. १२,०००।– का दरले रु. १८,३६,०००।–, ७० वर्ष उमेर पुगेका एकल महिला ७१ मध्ये ५४ जनालाई रु. १२,०००।– का दरले रु. ६,४८,०००।–, ७० वर्षमुनिका एकल महिला १७३ मध्ये १२० जनालाई रु. ८०००।– का दरले रु. ९,६०,०००।– पूर्ण अशक्त ६ मध्ये ४ जनालाई रु. १२,०००।– का दरले रु. ४६,०००।–.र आंशिक अशक्त नागरिक १२ मध्ये ९ जनालाई रु. ६४०० ।– का दरले रु. ५७,०००।– समेत गरी जम्मा ३४० जनालाई रु. ३५,४९,६००।– सामाजिक सुरक्षा भत्ता वितरण भएको भ.न.पा. १ नं वडाका वडा अध्यक्ष श्यामकृष्ण खत्रीले बताउनुभयो ।
यसैबीच भक्तपुर नपा वडा नं १० मा पनि सामाजिम सुरक्षा भत्ता वितरण भयो । सामाजिक सुरक्षा वितरणअन्तर्गत १५७ जना ज्येष्ठ नागरिकलाई १२ हजारको दरले १८ लाख ८४ हजार, ७० वर्ष पूरा भएका एकल महिला ४९ जनालाई १२ हजारको दरले ५ लाख ८८ हजार, १०६ जना एकल महिलालाई ८ हजारको दरले ८ लाख ४८ हजार, पूर्ण अशक्त ५ जनालाई १२ हजारको दरले ६० हजार र आंशिक अशक्त ५ जनालाई ६४ सयको दरले ३२ हजार सामाजिक भत्ता वितरण गरिएको स्थानीय वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले बताउनुभयो ।
वडा नं ६ मा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरियो । वडा सचिव जीतबहादुर खाइजूका अनुसार ज्येष्ठ नागरिक २७४ जनालाई ३२ लाख ८८ हजार, एकल महिला ११८ जनालाई ९ लाख ४४ हजार, पूर्ण अशक्त २ जनालाई २४ हजार र आंशिक अशक्त १४ जनालाई ९८ हजार ६ सय सुरक्षा भत्ता वितरण गरिएको थियो ।
त्यस्तै भक्तपुर नगरपालिका वडा नं ९ मा सोमबार कुल ४७ लाख ४८ हजार ८ सय रुपैयाँ बराबरको सामाजिक सुरक्षा भत्ता वितरण भयो ।
२८८ जना ज्येष्ठ नागरिकलाई १२ हजारको दरले ३४ लाख ५६ हजार, १४३ जना एक महिलालाई ८ हजारको दरले ११ लाख ४४ हजार, ६ जना पूर्ण अशक्तलाई १२ हजारको दरले ७२ हजार र १२ जना अशक्तलाई ७६ हजार ८ सय रुपैयाँ वितरण भएको छ । सामाजिक सुरक्षा भत्ता असोज १४ र १५ गते पनि चालू रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *