अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
–प्रकाश
दसैँ सुरु भइसकेको छ । दसैँ मनाउनेहरूले परम्परागतरुपमा दसैँको किनमेल पनि सुरु गरिसकेका छन् । महँगी बढेको छ । सरकारले चालू आर्थिक वर्ष (२०७६ र ०७७) मा महँगीलाई साढे ६ प्रतिशतभन्दा माथि जान नदिने लक्ष्य लिएको छ तर चालू आ.व.को पहिलो महिनामै झन्डै सात प्रतिशतले महँगी बढेको छ । साउन महिनामा ६.९५ प्रतिशतले महँगी बढेको राष्ट्र बैङ्कको प्रतिवेदनमा छ । जबकि गत वर्षको साउनमा यस्तो महँगी ४.१९ प्रतिशतमात्र थियो । महँगी नियन्त्रण गर्न सरकारले केही उपाय लगाउन सक्थ्यो तर सरकार त्यसमा चुकिसकेको छ, असफल भइसकेको छ ।
कतिपय अवस्थामा हल्लाले पनि महँगी बढाउन सहयोग गरेको छ । इरानमा अमेरिकाले हमला गर्दै छ भनेर तेल र ग्यास लुकाउन थालियो, पछि १०–२० प्रतिशत मूल्य बढाएर बेच्न थालियो । सहुलियत दरमा आउने चिनी केही ढिला गरी आयो । यसले पनि महँगी बढ्यो । सङ्कटमा उपभोक्तालाई ऐँठ्ने व्यापारीहरूको चरित्रमा सुधार आउन सकेन । त्यसैले दसैँतिहारजस्ता चाडबाडको अगाडि सामानहरूको अत्यधिक माग र सोअनुसारको आपूर्ति नभएको बहानामा व्यवसायीहरूले २–३ सय प्रतिशतसम्म महँगी बढाउने गरेका छन् । कतिपय अवस्थामा उपभोक्ता आफैँ पनि मूल्यमा सचेत नहुँदा महँगी गर्नेहरू सक्रिय हुने गरेका छन् । नेपाली उपभोक्ताहरू अत्यन्तै सहनशील छन् । आफू महँगीमा परेको भन्ने गुनासो एकदमै कम गर्ने उपभोक्ताको बानीले अनुगमन गर्ने निकायहरू केही समस्या नै नभएसरि निदाएर बस्ने गरेका छन् ।
महँगी बढ्नुको कारण एउटै छैन । सबै वस्तुमा व्यापारीले कृत्रिम मूल्यवृद्धि गरेका होइनन् । चालू आर्थिक वर्षको सुरुदेखि नै सरकारले ढुवानी सेवामा लगाएको मूल्य अभिवृद्धि कर, ढुवानीमा अनलाइन प्रविष्ठ गर्ने (भीसीटीएस) जस्ता विषयको कार्यान्वयनले महँगीमा थप चाप परेको थियो । हरेक प्रकारको सिन्डिकेट तोड्ने सरकारले भने पनि काटेलिङ र बिचौलिया झन्—झन् मौलाउँदै गएको छ । यातायातको सिन्डिकेट अझै हटेको छैन । तरकारीमा बिचौलियाको मनोमानी तोडिएन । बरु सरकारभन्दा हरेक आर्थिक क्रियाकलापमा बिचौलियाको शक्ति द¥हो भएर आएको छ । वर्षाको समयले भारतबाट तरकारी आयातमा असहज हुने अवस्थामा नाकामा विषादी परीक्षणजस्ता कुराले महँगी बढ्न गएको पनि देखिन्छ ।
Leave a Reply