अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, १५ असोज । भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको नियमित पाक्षिक सरसफाइअन्तर्गत बुधबार भनपा–२ स्थित ३९ औँ नेपालभाषा साहित्य तःमुंज्या स्थल नःपुखु परिसर सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले सरसफाइ कार्यक्रम हामी आफैँले गर्नुपर्छ भन्ने भावना विकास गर्नको लागि आयोजना गरिएको उल्लेख गर्दै सेवाभाव विकास गर्नको लागि निरन्तर सरसफाइ गरिरहनुपर्ने बताउनुभयो ।
उहाँले नगरपालिका साझा संस्था भएको र सरसफाइ पनि हामी सबैको साझा जिम्मेवारी भएको हुँदा पाक्षिक रुपमा १–२ घण्टा जनताको सेवाको निम्ति कार्य गरिरहनुपर्ने बताउँदै नजिकिंदै गरेको विजया दशमी र दीपावली २०७६ को शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले सरसफाइ एकपटक र एक दिन होइन निरन्तर गरिरहनुपर्ने विचार व्यक्त गर्दै यस कार्यमा सम्पूर्ण जनप्रतिनिधिहरू, कर्मचारीहरू, अगुवा कार्यकर्ताहरू, वडावासीहरू, विभिन्न सङ्घसंस्थाहरू, विद्यालयलगायत समाजसेवीहरूको साथ र सहयोगको अपेक्षा राख्नुभयो ।
कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र ३९ आंँै तःमुंज्या आयोजक समितिका संयोजक श्यामसुन्दर मातांले पनि बोल्नुभएको थियो ।
Leave a Reply