भर्खरै :

शुभेच्छाको साधारणसभा

भक्तपुर, १५ असोज । शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाको ते¥हौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भयो । सभाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सांसद सिर्जना सैँजूले सहकारी समाजवादी व्यवस्था स्थापनाको लागि आधारशिला हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारीले आर्थिक पक्षलाई मात्र जोड नदिई सदस्यहरूको हितको लागि विभिन्न तालिमहरू सञ्चालन गर्नुका साथै सामाजिक उत्तरदायित्व पनि बहन गर्नु आवश्यक छ ।”
संस्थाका अध्यक्ष पुरूषोत्तम ग्वाछाको सभापतित्वमा भएको कार्यक्रममा सचिव विश्वराम लवजू र प्रबन्धक लक्ष्मीनारायण शिल्पकारले प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा ७० वर्ष नाघेका ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको थियो ।
झीगु ख्वप साकोसको तालिम
भक्तपुर, १५ असोज । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको दुईदिने नेतृत्व विकास तालिम मङ्गलबार सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष श्रीकृष्ण किसीले नेतृत्व विकास तालिमले नेतृत्व सीप र क्षमताको विकास गराउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष एवम् ख्वप पौका सम्पादक आशाकुमार चिकबञ्जारले नेतृत्व गर्नको लागि शैक्षिक योग्यताका साथै समाजका यावत पक्षहरूको अध्ययन हुनु आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा प्रशिक्षक उपेन्द्रप्रसाद हुमागाईंले तालिम सञ्चालन गनुृभएको थियो ।
संस्थाका सञ्चालक अध्यक्ष तुल्सीराम ग्वाछाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सचिव बलराम गोसाई र प्रशिक्षार्थीहरू अनिता सिंख्वाल र लक्ष्मीसुन्दर सुवालले पनि तालिमको अनुभवबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *