भर्खरै :

सहकारी संस्थाले समाज उत्थानमा टेवा पु¥याउनुपर्ने

भक्तपुर, १६ असोज । सर्वसुलभ उपभोक्ता सहकारी संस्थाको आयोजनामा विजया दशमी तथा तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका पूर्वउपप्रमुख चैत्यराज शाक्यले सहकारी संस्थाले समाज उत्थानमा टेवा पु¥याउनुपर्ने कुरा बताउँदै उत्पादनमूलक काममा सहकारी संस्था लाग्नुपर्नेमा जोड दिनुुभयो ।
पूर्ववडाध्यक्ष कृष्णभक्त लवजुले सहकारील आर्थिक कारोवारमामात्र सीमित नभई सदस्यहरूको हितमा विभिन्न गतिविधि गरी समाज विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारीको सङ्ख्या वृद्धिसँगै विकृति पनि भित्रिएको चर्चा गदै सहकारीको नाममा भइरहेको ठगी रोक्नेप्रति सरकार कडारुपमा प्रस्तुत हुन नसकेको बताउनुभयो ।
संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद लाखाको सभापतित्वमा भएको कार्यक्रममा कोषाध्यक्ष शिवराम साँद, सञ्चालक तुल्सीदास दुमरु र सचिव नारायणमान बनमालाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *