नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
सुनिता गाइसी
‘कम्प’ लेखक शारदा शर्माको उपन्यास हो । सामाजिक यथार्थता, वास्तविकताका साथै काल्पनिक कुराहरूलाई मार्मिकरूपमा लेखकले प्रस्तुत गर्नुभएको छ । धार्मिक विश्वासलाई जीवन्तरूपमा प्रस्तुत गरिएको छ । बाल्यकालमा सुनेको कथा कहानीमा स्वर्ग र नर्कका कुरा सुनेको थिएँ । यो उपन्यास पढ्दा ती कुराको पुनःस्मरण भयो । यो उपन्यास पढ्दा मन छोयो । त्यसैले यसको बारेमा केही लेख्न मनलाग्यो । मानिसले जति नै आफूलाई पढेलेखेको आधुनिक भने पनि जब जीवनको उतराद्र्घतिर पुग्दछ, उसले धर्मबारे चासो राख्नथाल्छ ।
यस उपन्यासकी मुख्य पात्र चित्रांगदा कपाली हुन् । उनले २०७२ को महाभूकम्प र त्यसपछिको अवस्थाको चर्चा गरेकी छिन् । वैशाख २९ को भूकम्पमा स्वयं पुरिँदाको अन्तिम अवस्थासम्मको कारुणिक चित्रण गरिएको छ । चित्रांगदा पुरिरहँदा उनलाई छोरीको याद आयो, “एकैछिनमा आउँछु भनी घरैमा छोरीलाई छोडी आएकी थिइन्” आफू भूकम्पमा पुरिएर जीवन मरनको दोसाँधमा रहँदा पनि आमाको अनुभूति सबैभन्दा पीडादायी हुनेरहेछ । धुलोले छोपिएका आँखा आँसुले भिजे । घाँटीमा भक्कानो प¥यो । उनलाई आफू मृत्युको एकदम नजिक भएको महसुस भइरहेको थियो । उनलाई लाग्यो, “मृत्युबाट एकपल्ट जोगिनुको अर्थ मृत्युबाट सधैँ जोगिइन्छ भन्ने होइन रहेछ ।” जीवनको अन्तिमतिर चित्रांगदाले आफूले जानेर नजानेर गरेका सबै पापहरूका निम्ति क्षमा मागिन् । उनले परम स्वतन्त्रता र बन्धन नभएको आकाशमा उड्न चाहेको भाव गरेको देखिन्छ ।
यस उपन्यासमा चित्रांगदाको मृत्यु भइसकेको र यसमा उनले यमपुरी, यमदूत र यमराजको बारेमा कारुणिकरूपमा वर्णन गरेकी छिन् । चित्रांगदालाई यमलोकमा यमराजलाई देख्दा विश्वासै गर्न गा¥हो परेको देखिन्छ । कारण उनले सुनेको भन्दा फरक थियो यमराजको रूप र आचरण । यमराज स्वर्ण सिँहासनमा बसेका राजकीय पोशाक लगाएका, विभिन्न आभूषणमा सजिएका कान्तिवान पुरुष देखिन्थे । यमलोकमा उनको पाप र धर्मको बारेमा लेखाजोखा गरिएपछि फेरि यमदूतहरूले चित्रांगदालाई सिक्रीले बाँधेर राखेका हुन्छन् त्यतिबेलासम्म उनलाई आफ्नो मृत्यु भइसकेको हो भन्नेमा विश्वास लाग्दैन । ती बलिया र हेर्दै डरलाग्दा यमदूतहरूले उनलाई विभिन्न तरिकाले धम्काइरहेका थिए । चित्रांगदा त्यहीँ बस्दा आफ्नो बाल्यकाल, माइती, साथी सङ्गी र आफ्नो जीवन सम्झिरहेकी थिइन् । उनको वैवाहिक जीवन पनि सुखद नभएको अन्तरजातीय विवाहको भएकोले उनलाई घरमा प्रवेश नदिएको पछि छोरी पाएपछि उनलाई भित्याएका थिए । पछि उनी राजाबाबुको घर छोडी हिरातताकहाँ बस्न गई । हिरा चित्रांगदाकी फूपू थिईन् । उनले नै चित्रांगदालाई गुरु परिमलको आश्रममा लगेकी थिइन् सुरुमा त चित्रांगदालाई गुरु परिमलका कुरा ठीक लागेन । समय बित्दै गएपछि चित्रांगदालाई गुरु परिमलका कुरा चित बुझ्दै गयो र उनी परिमललाई मनपराउन थालिन् । गुरु परिमल ब्रह्मचारी थिए । पछि विरक्तिएर उनी आश्रम नै छोडेर गएका थिए । यसरी चित्रांगदाले आफ्नो जीवनको कारुणिक पाटोहरू मृत्युपछि सम्झिरहेकी थिइन् ।
चित्रांगदाको यमलोकको यात्राबारे मार्मिकरूपमा चर्चा गरिएको छ । यमलोकमा चित्रांगदालाई हरपल सिक्रीले बाँधेर राखिन्छ र बेला–बेलामा डरलाग्दा यमदूतहरूले धम्काउने गर्दछन् । मृत्युपछि गरिने संस्कारहरूको उत्तिकै जरुरी रहेको उल्लेख गरिएको छ । त्यहाँ एउटा दूतले भन्यो, सामान्य मृत्युमा बा¥ह दिनसम्म जीवको आत्मा पृथ्वीमै घुमिरहन्छ । हरेक दिन स्वजनले गरेका पिण्डदान र कर्मबाट आत्माको प्रेत शरीर क्रमशः निर्माण हुन्छ र बा¥हौँ दिनका दिन त्यसले पूरा आकार लिन्छ । त्यही शरीरका माध्यमले प्रेतले यमलोकको यात्रा गर्ने गर्दछ । तर, चित्रांगदाको पिण्डदान भएको थिएन । त्यसैले उनले केही खान पाएकी थिइनन् । थोरै खानाको लागि उनले कृपासुर जो उनको साथी थियो अनुरोध गरिन् तर उसले दिएन । यसरी मानिसले जीवित हुँदा गरेको कार्यको वा पापपुण्यको लेखाजोखा गरिएको छ । यो यात्रामा उनको साथमा कृपासुर र धुम्रकेतु पनि सँगै छन् । कृपासुर चित्रांगदाप्रति केही नरम भए पनि धुम्रकेतु उनीप्रति कडारूपमा प्रस्तुत हुने गर्दथ्यो । यमपुरीको यात्राको क्रममा चित्रांगदाले केही अचम्मलाग्दा कुराहरू देखिन यहाँ इमिग्रेसन लिनुपर्ने विभिन्न देशबाट मरेर आएकाहरूको छुट्टाछुट्टै ढोकाहरूको व्यवस्था गरिएको थियो । इमिग्रेसन लिने क्रममा चित्रांगदाको त्यहाँको हाकिमसँग सामान्य विवाद हुन्छ । उनका कागजपत्रहरू मिलेको हुँदैन । यस भागमा स्वर्ग र नर्कको लेखाजोखा गरिएको पाइन्छ । वास्तविक संसारभन्दा पर पनि अर्को दुनियाँ छ भन्ने विश्वास गरिएको छ । याम्यपुरीमा पनि मनोरञ्जनका लागि बधुग्रामहरूको– (यहाँको डान्सबार जस्तै र यौन व्यवसाय गर्ने ठाउँ) व्यवस्था गरिएको थियो कामबाट थकित यमदूतहरू त्यहीँ आएर मनोरञ्जन गर्दथे । मनोरञ्जनका लागि नगरबधुहरूको व्यवस्था गरिएको थियो । यमलोकमा समेत शरीर भोक यति जीवन्त हुनेरहेछ मर्न लागेकी घोडीसँग पनि शारीरिक सम्पर्क गर्ने पुरुषहरू थिए त्यहाँ । याम्यपुरीमा पनि पृथ्वीलोकको बैङ्कजस्तै प्याटपङ्को व्यवस्था गरिएको थियो जहाँबाट आर्थिक कारोबार हुने गर्दथ्यो । यमलोकमा पनि इन्टरनेटको सुविधा थियो । कृपासुरले चित्रांगदालाई फोन उपहार दिएका थिए । यमलोकभरि जतापनि फोन लाग्ने र घरघरै राउटर पनि नचाहिने खालको इन्टरनेट सेवा उपलब्ध रहेको कुरा पनि कृपासुरले चित्रांगदालाई भनेका थिए । याम्यपुरीमा पनि यमदूतहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेको कुरा चित्रांगदाले उल्लेख गरेकी छन् ।
यमलोकमा पनि वकिल सङ्घ थियो । नेपाल देशको अदालतमा बहस गरिरहेको बेला भूकम्पमा पुरिएर ४ वकिलहरू मरे । उनीहरूले यहाँ सौरीपुर वकिल सङ्घ खोलेका थिए । त्यसपछि वकिलहरूको आन्दोलन निरन्तर चालू रहेको थियो । त्यहिँ चित्रांगदाले नन्द किशोरलाई भेटिइन् । माओवादीले मारेको आफ्नो छोरालाई न्याय माग्दै अनसन बसेको बेलामै उनको मृत्यु भएको थियो । उनी मृत्युपछि न्यायको लागि यमलोकमा पनि लागिपरेका थिए । यस्तै गरेर चित्रांगदाले यमलोकमा विभिन्न अनौठा घटना परिघटना देखिन् । त्यहाँ पत्रकारहरू थिए । उनीहरू एउटी एसिड छ्यापिएकी महिलालाई अन्तर्वार्ताका लागि पिछा गरिरहेका थिए । आफूभन्दा तल्लो जातको पुरुषले राखेको प्रेम प्रस्ताव अस्वीकार गर्दा उनीमाथि एसिड छ्यापिएको थियो । सौरीपुरमा अनसन बस्नेहरू पनि थिए । यसरी चित्रांगदाले यहाँको विभिन्न पक्षबारेमा चर्चा गरेकी छिन् । चित्रांगदा र कृपासुरले निकै लामो यात्रा गरेको र यसै यात्राकै क्रममा कृपासुरले चित्रांगदालाई तिमी प्रेतात्मा नभई पुण्यवती रहेको कुराको खुलासा ग¥यो । त्यही कारणले महाराज जङ्गमले पहिले कठोर व्यवहार गरे पनि पछि नरम भई चित्रांगदाको खातिरदारी गरेका थिए । चित्रनगर जाने क्रममा विभिन्न बाधा अप्ठ्यारा परिस्थितिमा पनि कृपासुरले उनलाई साथ दिएको थियो । यमलोकको आर्थिक प्रशासन हेर्ने ठाउँ चित्रनगर थियो । त्यहाँ जाने क्रममा कृपासुरले चित्रांगदालाई नयाँ लुगा उपहार दिन्छ । पहिले त ऊ छक्क परिन् र पछि निकै खुसी भइन् । उनले ६ महिनादेखि लुगा फेरेकी थिइनन् ।
चित्रनगरको यात्रासँगै चित्रांगदा र कृपासुरको यात्रा समाप्त हुन्छ । यस यात्रामा चित्रांगदाले धुम्रकेतुसँग हिँड्नु थियो । तर, नर्मदा वैतरणी नदीबारे सुनेको कुरा उल्टो पाई चित्रांगदाले न यहाँ रगतको नदी थियो न पिपको नै । यत्तिकैमा धुम्रकेतु चित्रांगदादेखि रिसाउँछ कारण पृथ्वीबाट चित्रांगदाको लागि केही दान पुण्य भएको थिएन । उनले केही खान पाएको पनि थिएन । धुम्रकेतुले पनि पाएन । त्यसैले ऊ चित्रांगदादेखि रिसाएको थियो । उसले चित्रांगदालाई छोडेर जान्छ । त्यसपछि चित्रांगदालाई केही राहत महसुस हुन्छ । उनलाई वैतरणी नदी मानसरोवर जत्तिकै सुन्दर लाग्छ । तिनी त्यही निदाउँछिन् । पछि वासुदेव केवट जो वैतरणी नदीको माझी थियो उसले चित्रांगदालाई उठाउँछ र सहयोग पनि गर्छ ।
साँझ पर्दा चित्रांगदा दुःपुरमा पुग्छिन् । उनलाई त्यहाँको परिवेश देखेर दिक्क लाग्छ, जताततै फोहर थियो । त्यहाँ पनि चर्च रहेको कुराको उल्लेख गरिएको छ । त्यहाँको कुरा देखेर ऊ रातभरि निदाउन सक्दिनन् । रातभरि उनमा उदासी छाइरह्यो । स्वामी परिमललाई क्षमा गरेको घोषणा गरे पनि मनको घाउ आलै रहेको थियो उनमा । पण्डित मृत्युञ्जयको उपेक्षा र आयशा खातुनको दुःख काँडाझँै बिझेको थियो चित्रांगदाको मनमा । त्यसपछिको यात्रामा पनि चित्रांगदा र वासुदेवसँगै हुन्छन् । उकाली ओरालीमा चित्रांगदालाई वासुदेव सहयोग गर्दै अगाडि बढ्छ र धर्मपुर पुग्दछ । यसमा धर्मपुरको बारेमा चर्चा गरिएको छ । नामैले पनि आनन्द आउने गर्दथ्यो । उनको मनमा अनेक तर्कनाहरू उठिरहेको थियो । वासुदेवले उनलाई सकारात्मक तरिकाबाट सम्झायो ।
धर्मराजले उनैको पक्षमा न्याय गरिदिनुहुन्छ भनी बुझायो । यसैबीचमा अन्तरलोक सञ्जाल खुल्यो । फूपूले पोष्ट गरेका छोरीका फोटोहरू हेरी उसलाई छाती फुट्लाजस्तो भयो । उसलाई मेसेज टाइप गरी पठाउँदा नेट चलेन । चित्रांगदा रातभरि सुत्न सकिनन् । यस उपन्यासको चित्रांगदाको मुद्दाको फैसलाको दिन थियो । यसैका लागि धर्मसभा बसेको थियो । प्रधान धर्म मूर्तिहरूले चित्रांगदाको तर्कलाई शास्त्रविपरीत, परम्पराविपरीत ठहर गरे । त्यसैले उनले सृष्टिको अन्त्यसम्म वैतरणीमा डुब्नुपर्ने सजायको घोषणा गरे । चित्रांगदाले विरोध गर्दै थिइन् । त्यतिकै बेला चट्याङ खसेजस्तो कम्पन भयो धर्मराजको सिँहासन पनि हल्लिन थाल्यो । सबै स्तब्ध भए । अन्त्यमा धर्मराज चित्रांगदाको मुद्दाको पुनःविचार गर्ने निर्णय सुनाउँछन् । यसरी उपन्यासको अन्त्य गरिएको छ । लेखककै शब्दमा भन्नुपर्दा यस उपन्यासमा केही समसामयिक यथार्थ, केही पौराणिक आख्यान, केही कल्पना र स्वैरकल्पनाको मिश्रणबाट तयार पारिएको छ । यथार्थ कल्पना र अनुभूतिबीचको भेद र अभेद, अन्तद्र्वन्द्व र तादात्म्य उपन्यासमा एकसाथ प्रवाहित छ । यो उपन्यास मार्मिक र मन छुने कृतिको रूपमा रहेको छ । आजको वैज्ञानिक युगमा मृत्युपछिका काल्पनिक कुराहरूमा धेरै पाठकहरू सहमत नभएको पनि पाइन्छ ।
Leave a Reply