भर्खरै :

प्रभातमा विचार गोष्ठी

भक्तपुर, १७ असोज । शुक्रबार प्रभात इङ्गलिस सेकेण्डरी स्कूलका शिक्षकबीच ‘संस्कृतिबारे भौतिकवादी दृष्टिकोण’ विषयमा विचार गोष्ठी भयो ।
सांस्कृतिक पर्व दसैँ बिदामा बस्नु अगाडि चाडपर्व कसरी मनाउने भन्नेबारे चिन्तनमनन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बोल्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले धर्म र संस्कृतिलाई वैज्ञानिक कसीमा तौलेरमात्रै आत्मसात गर्नुपर्ने विचार राख्नुभयो । उहाँले नराम्रो काम नगर्नु, हिंसा नगर्नु, अर्काको चित्त नदुखाउनु नै धर्म भएको भन्दै धर्मको नाममा जनतालाई दबाउनु, जनतालाई दुःख दिनु र अन्धविश्वासी बनाउनु गलत भएको बताउनुभयो ।
अध्यक्ष रोहितले विद्यार्थीमा वैज्ञानिक चिन्तनको विकास गर्न शिक्षकले सघाउनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले पशु बलि दिई मेसिनरी एवम् सवारी साधनको पूजा गर्नु भौतिकवादी चिन्तनसँग मेल नखाने बताउनुभयो । उहाँले सवारी दुर्घटना रोक्न चालकलाई राम्रो प्रशिक्षण र सवारी साधनको उचित मर्मत सम्भार गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा इतिहासविद तथा संस्कृतिविद डा. पुरुषोत्तमलोचन श्रेष्ठ, संस्कृतिविद् ओम धौभडेल, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, प्रभात स्कूलका प्रमुख कार्यकारी कान्छा बासुकला, प्राचार्य के.वी. प्रजापतिले पनि मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *