यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
टकहोम, १८ असोज (एएफपी) । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया र अमेरिकी अधिकारीहरु प्रजग कोरियाली आणविक कार्यक्रमका विषयमा वार्ता गर्न शनिबार स्वीडेनको स्टकहोम आइपुगेका छन् । पछिल्लो समय प्रजग कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेकै समयमा दुवै देशका वरिष्ठ अधिकारीहरु वार्ताका लागि भेला भएका हुन् ।
प्रजग कोरियाका किम म्योङ गिल र प्रजग कोरियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिफेन बाइगनले वार्ता टोलीको नेतृत्व गरिरहनुभएको छ ।
स्वीडेनकी विदेश मन्त्री आन लिन्डले अमेरिकी र प्रजग कोरियाली अधिकारीहरुले स्वीडेनलाई वार्तास्थल छनोट गरेकोमा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले आणविक निःशस्त्रीकरण र शान्तिपूर्ण समाधानका लागि संवाद नै एकमात्र उपयुक्त विधि रहेकोमा जोड दिनुभयो ।
प्रजग कोरियाली आणविक निःशस्त्रीकरणका विषयमा यस्तै किसिमका वार्ता सन् २०१८ र यसैवर्षको जनवरीमा पनि स्वीडेनमा भएका थिए ।
प्रजग कोरियाले वार्ताका लागि दबाब सिर्जना गर्न क्षेप्यास्त्र परीक्षण र नयाँ हातहतियारको प्रदर्शनीलाई निरन्तरता दिइरहेको छ । विज्ञहरुले प्रजग कोरियाली यस रणनीतिले केही फाइदा पुगेको बताएका छन् ।
प्रजग कोरियाले गत बुधबार पनि निकै ठूलो रकेट परीक्षण गरेको थियो । स्वीडेन प्रस्थान गर्नुअघि बेइजिङमा कुरा गर्दै प्रजग कोरियाली वार्ता टोलीका नेता किम म्योङ गिलले वार्ताप्रति आफूहरु निकै आशावादी रहेको बताउनुभएको छ ।
संयुक्त राज्य अमेरिकाले पनि वार्ता पुनः सुरु हुने आशा व्यक्त गरेको थियो । तर भियतनामको हनोइमा सम्पन्न दोस्रो उच्चस्तरीय वार्ता भङ्ग भएपछि दुवै देशबीच औपचारिक वार्ताहरु हुन सकेका छैनन् ।
यसैबीच प्रजग कोरियाले जल पनडुब्बीबाट नयाँ हातहतियारको सफल परीक्षण गरी आफूहरु हतियारको विकासका सन्दर्भमा नयाँ युगमा प्रवेश गरेको जनाएको छ । तर अमेरिकी रक्षा मन्त्रालयले प्रजग कोरियाले पनडुब्बीबाट नभई समुद्री सतहबाट क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ ।
Leave a Reply