‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, १८ असोज । वीर अस्पतालपछि देशकै जेठो मानिएको भक्तपुर अस्पतालमा भ्रष्टाचार भएको प्रमाण भेटिएको छ । अस्पतालको बिल काउण्टरमा बस्ने एक कर्मचारीले बिरामीहरूको बिल काट्दा उही नामको पाँच वटासम्म फोटोकपी बिल बनाएर एउटा बिलको मात्र रकम अस्पतालको खातामा जम्मा गर्ने र बाँकी बिलको रकम आप्mनो खल्तीमा राख्ने गरिएको अस्पताल स्रोतले बताएको छ । अस्पतालका कर्मचारी हाल चाँगुनारायण नगरपालिका दुवाकोट बस्ने केशव खत्रीले आपूmले गल्ती गरेको स्वीकारेको समेत अस्पताल स्रोत बताएको छ ।
स्रोत अनुसार निजले अस्पतालमा भिडियो एक्सरे (अल्ट्रासाउण्ड) गर्न बिल काट्दा एकजनाको नाममा इनभ्वाइस कपी (बिलको फोटोकपी) पाँच वटासम्म बनाइएको भेटियो । भिडियो एक्सरेका लागि एकजना बिरामीले अस्पतालमा ६०० रुपैयाँ बुझाउँदछ । कर्मचारी खत्रीले इनभ्वाइस कपी बनाएर त्यसमा बिरामीको नम्बर र नाम हातैले काटेर नयाँ बिरामीको नाम र नम्बर लेख्ने गरेको र त्यसवापत प्रतिबिरामी ६०० रुपैयाँका दरले बिरामीसँग पैसा असुल गरेको तर उक्त रकम अस्पतालमा जम्मा नगरेको पाइएको छ ।
अस्पतालको सप्mटवेयरमा पहिलो बिलको मात्र रेकर्ड रहने र इनभ्वाइस कपीमा केरमेट गरिएको जानकारी नरहने अस्पताल प्रशासनले बताएको छ । त्यसैले बिलको फोटोकपी गरिएको हामीलाई जानकारी हुँदैन, अस्पताल स्रोत बतायो ।
भिडियो एक्सरे गर्ने चिकित्सकले भने हरेक दिन आपूmले परीक्षण गरेको र रिपोर्ट दिएको अभिलेख राख्ने गरेको छ । यस आधारमा गत भदौ २४ गते विल काउण्टरबाट ३५ वटा विल काटिएको र सोही बमोजिम अस्पतालमा रकम दाखिला भएको देखिन्छ भने भिडियो एक्सरे लिने ठाउँमा सोही दिन ४३ वटा परीक्षण गरिएको तथ्याङ्क भेटिएको छ । यसको अर्थ एकै दिन ८ वटा इनभ्वाइस कपी बनाएर त्यस वापत उठेको न्यूनत्तम ४८ सय रुपैयाँ कर्मचारी खत्रीले आप्mनो खल्तीमा राखेको देखियो । सामान्य भिडियो एक्सरेको शुल्क रु. ६०० पर्छ भने विशेष भिडियो एक्सरे लिनुपर्दा अस्पतालको शुल्क रु. ९०० रहेको स्रोतले जानकारी दिएको छ ।
भदौ १५ गते अस्पतालको बिल काउण्टरबाट २४ वटा बिल काटिएको देखियो भने भिडियो एक्सरे लिने ठाउँमा २९ जनाको रेकर्ड रहेको बताइएको छ । त्यस्तै भदौ १८ गते विल काउण्टरमा १५ वटा विल काटिँदा भिडियो एक्सरेमा २६ वटा दर्ता देखिन्छ ।
निज कर्मचारी कार्यरत रहेको तीन दिनमा २४ वटा बढी बिल काटेर प्रतिव्यक्ति कम्तिमा ६०० रुपैयाँका दरले १४ हजार ४०० रुपैया व्यक्तिगत खल्तीमा राखेको प्रमाणले पुष्टि गरेको स्रोतले बताएको छ ।
बिल काउण्टरबाट भिडियो एक्सरेसंगै एक्सरे सेवा, ल्याव सेवाको समेत शुल्क सङ्कलन गरिने हुँदा अन्य सेवामा पनि निज खत्रीबाट भ्रष्टाचार भएको हुनसक्ने बताइएको छ । विशेषगरी भक्तपुर नगरबाहिरबाट आउने सोझासिधा महिलाहरूबाट रकम असुल्ने तर बिलमा रकम नदेखाउने गरेको विशेष सुत्रले जानकारी दियो ।
खरिदार खत्री अस्पताल व्यवस्थापन समितिबाट २०६० माघ महिनामा नियुक्त कर्मचारी हुन् । व्यवस्थापन समितिका अध्यक्षहरूबाट आप्mना मान्छेहरू नियुक्त गर्ने, प्रक्रिया नपु¥याइकन नै नियुक्ति पत्र दिने तर वार्षिक रुपमा नवीकरण गर्नुपर्ने प्रावधानसमेत उल्लङ्घन गरी सरकारी सेवा सुविधासरह नै व्यवस्थापन समितिको रकम बाँड्ने गरिएको धेरैपटक सञ्चार माध्यममा समाचार आइसकेको छ ।
अस्पतालमा भइरहेको भ्रष्टाचार र आर्थिक अनियमितताको यो प्रतिनिधि उदाहरणमात्र भएको त्यहाँ कार्यरत कर्मचारीहरू बताउँछन् । अस्पतालको वार्षिक आम्दानी खर्च कति छ भन्नेसम्म पनि प्रकाशमा नल्याइएको र अस्पतालको सेवा सुविधा व्यक्तिगत प्रयोजनमा उपयोग गरेको धेरै गुनासाहरू सुनिन्छ ।
भ्रष्टाचारमा खत्री पर्दामा देखिएको पात्र भएको र पर्दा पछाडिका खेलाडीहरू अरु नै हुनसक्ने आशङ्का पनि गरिएको छ । भ्रष्टाचारको रकम क–कस्को घरमा पुग्छ ? अस्पतालको रकम हिनामिना गरेर क–कसले कति सम्पति जोडे ? खोजबिन गर्ने बेला भएको छ । बिरामीको पैसामाथि ब्रम्हलुट गर्ने व्यवस्थापन समितिका पदाधिकारीहरूलाई कारबाही गर्नुपर्ने र समितिका पूर्व अध्यक्षहरूको सम्पति सार्वजनिक गर्नुपर्ने चर्चा भइरहेको छ ।
Leave a Reply