लुलाको जीतलाई विश्व नेताहरूले भने “ऐतिहासिक”
- कार्तिक १०, २०८३
भक्तपुर, १८ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार भक्तपुर भ्रमणमा आउनुभएका जर्मनीको आर्थिक सहायता तथा विकाससम्बन्धी सङ्घीय मन्त्रालय एसिया विभाग प्रमुख नोबोर्ट बाथ्र्लेको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई भक्तपुरको दरबार स्क्वायरमा स्वागत गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले जर्मनी प्रतिनिधिमण्डललाई भादगाउँले टोपी लगाएर स्वागत गर्नुभयो भने प्रतिनिधिमण्डलले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका सम्पदाहरु, कला सङ्ग्रहालय, दरबार क्षेत्र, तलेजु, पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको स्थलगत अवलोकन ग¥यो ।
भेटमा प्रमुख प्रजापतिले जर्मनी सरकारले भक्तपुरको विकासको निम्ति पु¥याउनुभएको सहयोगको लागि धन्यवाद दिँदै नेपाल सरकार र जर्मनी सरकारबीचको सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुरले सांस्कृतिक पहिचानलाई जोगाउन प्रयास गरिरहेको, भक्तपुर प्रवेश गर्ने पर्यटकहरुसँग शुल्क उठाएर शिक्षा, स्वास्थ्यका साथै सांस्कृतिक सम्पदाहरुको पुनःनिर्माणमा खर्च गरिरहेको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले २०७२ सालको भूकम्पपश्चात् जर्मनी सरकारले भक्तपुरका सम्पदाहरु पुनःनिर्माणको निम्ति सहयोगको घोषणा गरेको तर विभिन्न कारणले गर्दा त्यो सहयोग भक्तपुरले पाउन नसकेकोबारे पनि अवगत गराउनुभयो ।
भेटमा प्रमुख नोबोर्ट बाथ्र्लेले भूकम्प गएपछि भक्तपुरको संरचना पुनःनिर्माणको लागि तत्काल सहयोगको घोषणा गरेको बताउँदै दुई देशबीचको आपसी सम्बन्ध अझ राम्रो हुँदै जानेमा खुसी प्रकट गर्नुभयो । भक्तपुर नगरपालिकाले गरिरहेको सम्पदा पुनःनिर्माणबाट आफूहरु निकै प्रभावित भएको र यहाँका सम्पदाहरु निश्चय नै अद्वितीय रहेको बताउनुभयो ।
भेटमा सङ्घीय सचिवालयका निजी सचिव कोर्नेलिया गोर्ही, जर्मनीको आर्थिक सहायता तथा विकाससम्बन्धी सङ्घीय मन्त्रालयका एसियाका सदस्य जिसेला हामर्समिट्थ, सङ्घीय मन्त्रालय नेपाल र श्रीलङ्कासम्बन्धी नीति निर्देशक एन्नेटे फ्रिक, जर्मन सहयोग संस्था (जीटीजेट) का दक्षिण एसियाली क्षेत्रीय निर्देशक कोर्निया कुसेल, जर्मन विकास बैठक केएफडब्लू दक्षिण एसिया विभागीय प्रमुख कारोलिन गास्नेर, नेपालका लागि जर्मन राजदूत रोलान्ड सेफर, नेपालस्थित जर्मन दूतावासका विकास सहायता नियोगका उपप्रमुख क्लाउडिया हेइपे, नेपालस्थित जर्मन दूतावासका अधिकृतहरु फ्लोरेन्स बेनेडिक्ट भिओग्ट र प्रमोद भगतलगायतको उपस्थिति रहेको थियो ।
भेटमा भक्तपुर नगरपालिकाको तर्फबाट उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरू रवीन्द्र ज्याख्व, राजकृष्ण गोरा, कार्यपालिका सदस्य सुनिता अवाल, प्रशासन प्रमुख दामोदर सुवाल र पर्यटन सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवा पनि उपस्थित हुनुहुन्थ्यो ।
Leave a Reply