भर्खरै :

दसैँमा पनि भक्तपुर नगरमा सरसफाइ कार्य नरोकिने

भक्तपुर, १८ असोज । भक्तपुर नगरपालिकामा कार्यरत सफाइ मजदुरहरुबीच शनिबार शुभकामना आदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले सफाइ मजदुरहरूकै भक्तपुर नगरको सरसफाइ सम्भव भएको बताउँदै दसैँको समयमा सबैले आ–आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रजापतिले चाडबाडको समयमा जाँडरक्सी, मादकपदार्थ सेवन गर्ने बानी त्याग्दै जानु आवश्यक छ भन्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले चाडपर्वको वैज्ञानिक विषय अङ्गीकार गरी अन्धविश्वासलाई हटाएर उल्लासमय ढङ्गले मनाउन आग्रह गर्नुभयो ।
कार्तिक २३ र २४ गते भक्तपुरको नःपुखुमा हुने नेपालभाषा साहित्य तःमुंज्यामा पनि सहभागिताको लागि आह्वान गर्दै उहाँले दसैँको समयमा पढ्न र लेख्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, कार्यपालिका सदस्य सुनिता अवाल, भक्तपुर नपा श्यानिटेशन शाखा प्रमुख दिलिपकुमार सुवालले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *