यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
बग्दाद, १८ असोज (सिन्ह्वा) । इराकी प्रधानमन्त्री अदेल अब्दुल महदीले राजधानी बग्दादमा लगाइएको कफ्र्यू खुल्ला गर्ने आदेश दिनुभएको छ । उहाँले शनिबार बिहान ५ बजेबाट सो कफ्र्यू खुल्ला गर्ने आदेश दिनुभएको राज्यद्वारा सञ्चालित समाचार समिति इराकीयाले जानकारी दिएको छ ।
इराकमा केही दिनयतादेखि जारी हिंसामा परी मारिने व्यक्तिको सङ्ख्या ९६ पुगेको छ । मुलुकमा बढ्दो बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै केही दिनदेखि जारी रहेको सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा परी एक हजार ९५२ व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । घाइते व्यक्तिमा ३६५ जना सुरक्षा अधिकारी रहेका छन् ।
इराकको राजधानी शहर बग्दाद र अन्य केही प्रान्तमा जारी यस विरोध प्रदर्शनको क्रममा मारिनेको व्यक्तिको सङ्ख्या ९६ पुगेको सो स्रोतले जनाएको छ । यस हिंसामा परी तीन सुरक्षाबलका सदस्य र ३८ सर्वसाधारण मारिएका हुन् । केही दिनयता हिंसात्मक प्रदर्शन भइरहेपछि इराकको राजधानी बग्दादमा बिहीबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरिएको थियो ।
इराकी प्रधानमन्त्री अदेल अब्देल महदीले स्थानीय समयानुसार बिहीबार बिहान ०५ बजेदेखि लागू हुनेगरी बग्दादमा अनिश्चितकालीन निषेधाज्ञा लगाउन आदेश दिनुभएको थियो तर शनिबार बिहान सबेरैबाट सो कफ्र्यू मुक्त भएको घोषणा उहाँले गर्नुभएको छ ।
सर्वसाधारणका मागको सही र वस्तुपरकरुपमा ल्याउने तथा शान्तिपूर्ण प्रदर्शन हुन नदिने उद्देश्यले दङ्गाकारीको एउटा समूहले उक्साएपछि उक्त हिंसा भएको सरकारको आरोप छ । ‘हामी अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तको साथैमा उभिएका छौँ जुन इराकी संविधानमा उल्लेख गरिएको छ । हामी सबै नागरिकलाई शान्त र संयम रहन आग्रह गर्दछौँ, सुरक्षाकर्मीले पनि आफ्नो कर्तव्य निर्वाह सही किसिमबाट गरुन् भन्ने चाहन्छौँ,” प्रदर्शनकारीले बताएका थिए ।
घाइतेमध्ये धेरैजसो प्राथमिक उपचारपछि घर फर्किएका तापनि सयौ घाइतेको अझै अस्पतालमा उपचार जारी रहेका प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
मङ्गलबार अपराह्न सयौँ इराकी प्रदर्शनकारी बग्दादको केन्द्रमा रहेको तहरीर स्क्वायरमा भेला भएर विद्युत्, सफा पानी र रोजगारीको अवसरको अभावसहित आधारभूत सेवा नभएको भन्दै विरोध प्रदर्शन गरेका थिए । प्रधानमन्त्री अदेल अब्दुल माहदीले टेलिभिजनमार्फत गर्नुभएको एक सम्बोधनमा “सुधार र भ्रष्टाचारविरूद्ध लड्नका लागि तपार्इँका माग हामीसम्म पुगेका छन र सरकारले खाली प्रतिज्ञामात्र नगर्ने आश्वासन दिनुभएको छ ।
प्रदर्शनकारीको हिंसात्मक प्रदर्शनका केही दिनपछि उनीहरूलाई शान्त रहन शुक्रवार बिहान सबेरै महदीले आग्रह गर्नुभएको थियो ।
Leave a Reply