जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ३८
- असार १४, २०८३
साहिँला
जनावर जङ्गली
जङ्गली जनावरमा
के फरक भयो ?
मात्र शब्द अगाडि पछाडि
अर्ध वास्तवमा उही !
जङ्गलमा जन्मिएको
जनावरको स्वभाव पनि
जङ्गली नै हुन्छ
उसले कसको अदप मान्छ र !
जङ्गली जनावरको
रूप राम्रो होला
मोटो घाटो खाइलाग्दो
उसलाई
जङ्गली स्वभावबाट
मुक्ति गराउन खोज्ने
अति विद्वान, बुद्धिमानहरूले
तह लगाएर राखे पनि
स्याहार सुसार गरे पनि
सानैदेखि लागेको बानी कहाँ छोड्छ !
तर,
जङ्गली जनावरलाई
मान्छेजस्तै बनाउन खोज्ने
ती विद्वान र बुद्धिमानहरु नै
पशु व्यवहार गर्छन् भने
जङ्गली जनावरले मान्छेको होइन पशु स्वभाव देखाउनु
कुन आश्चर्यको कुरा हो ?
आखिर
जङ्गली जनावर न हो
ऊ जनावरै भइदिन्छ !
Leave a Reply