नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
कुसुम
नेपाल मजदुर किसान पार्टीको सातौँ ऐतिहासिक महाधिवेशन २०७६ असोज ३–६ गते भक्तपुरमा सम्पन्न भयो । सम्मेलनको उद्घाटन ¥याली असोज ३ गते काठमाडौँको कोटेश्वर, मध्यपुर ठिमीको बोडे र भक्तपुरको च्याह्मासिंहबाट सुरु भई भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा नेमकिपाका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गर्नुभयो । उद्घाटन ¥यालीमा विभिन्न जातजाति, क्षेत्र र भेषभूषाका जनताको उत्साहपूर्ण उपस्थिति थियो । नेमकिपाको यस ऐतिहासिक महाधिवेशनमा हिमाल, पहाड र तराईको शोषित, पीडित कामदार जनता र समाजवाद र साम्यवादी व्यवस्था चाहने विभिन्न पेशा र समुदायका जनताको उपस्थिति थियो ।
नेपाल मजदुर किसान पार्टी माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारालाई आत्मसात गर्दै अगाडि बढिरहेको पार्टी हो । नेमकिपा यस सातौँ महाधिवेशनलाई सफल पार्न विभिन्न जिल्लाहरूमा कार्यकर्ताहरू सक्रियताका साथ लागिरहे । प्रचार–प्रसारको क्रममा कार्यकर्ताहरूलाई उत्साहित गर्ने समुदाय थिए भने विभिन्नखाले नाकारात्मक टीकाटिप्पणी गरेर निरुत्साहित गर्नेहरू पनि थिए । नेमकिपाका कार्यकर्ताहरू सिद्धान्तनिष्ठ, इमानदार र जिम्मेवार कार्यकर्ताको रूपमा देशव्यापीरूपमा परिचित रहेको घामजत्तिकै छर्लङ्ग छ ।
नेमकिपाका कार्यकर्ताको अगाडि विरोधीहरूको केही सीप लागेन । नेमकिपाको प्रचार–प्रसार नसहेर कतिपय प्रतिक्रियावादीहरूले महाधिवेशनको पोस्टर च्याट्ने,फ्लेक्स बोर्ड चोर्नेलगायतका घटिया (नीच) कामहरू गरे र गर्न लगाए । जसरी सूर्यको प्रकाशलाई हत्केलाले छेक्नसक्दैन, त्यस्तै गरी नेमकिपाको सिद्धान्त र विचारलाई कसैले रोकेर रोक्दैन ।
नेमकिपा एउटा अनुशासित कार्यकर्ताहरू भएको पार्टी हो । पार्टीको निर्देशनविना कुनै पनि कार्यकर्ताहरू अगाडि बढ्दैनन् । नेमकिपाको यस महाधिवेशनलाई विभिन्न व्यक्तिले विभिन्न दृष्टिकोणले मूल्याङ्कन गरिरहेका छन् । नेमकिपाको उद्घाटन ¥यालीमा होस् वा उद्घाटन स्थलमा सहभागीहरूले अनुशासनको पूर्ण पालना गरेका थिए । दसौँ हजारको सङ्ख्याबीच उद्घाटन भएको स्थल र ¥यालीमा कहीँ कतै फोहर भएको देखिएन । उद्घाटन समारोह सम्पन्नपश्चात् सल्लाघारीको खुला चौर पहिलेको भन्दा सफा भयो । नेपाल मजदुर किसान पार्टी र यसका जनवर्गीय सङ्गठनहरूको सभा, सम्मेलनहरूमा पनि सरसफाइमा कार्यकर्ताहरू जिम्मेवारीका साथ प्रस्तुत हुन्छन् । यो नेमकिपाको विशेषता र अनुशासित कार्यकर्ताहरूको परिचय हो ।
नेमकिपाको महाधिवेशन र अन्य
हरेक राजनीतिक दलले आफ्नो पार्टीको विधानअनुसार समय–समयमा सम्मेलन÷महाधिवेशन गर्नुपर्छ । नेमकिपाले पनि आफ्नो पार्टीको विधानअनुसार सातौँ महाधिवेशन सम्पन्न ग¥यो । नेमकिपाको महाधिवेशन र अन्य दलहरूको महाधिवेशनमा आकाश–पातालको फरक छ । नेमकिपाको उद्घाटन ¥यालीदेखि बन्द सत्रसम्म कार्यकर्ताहरूबीच मनमुताब (असन्तुष्टि) देखिएन । कार्यकर्ताहरू कहीँकतै बिचल्ली परेको देखिएन । सहभागी सबैलाई व्यवस्थित खाना र आवासको बन्दोबस्त गरिएको थियो । सहभागीहरूको असन्तुष्टि पोख्ने कहीँ कतै ठाउँ थिएन । यसबाट प्रस्ट हुन्छ कि नेता र कार्यकर्ता अनुशासित भयो भने विरोधीहरूले सिन्कोसमेत भाच्न सक्दैन । नेमकिपाको महाधिवेशनमा सञ्चारमाध्यमले पनि अन्य पार्टीहरूको कार्यक्रमहरूमा हुने भाँडभैलो, कार्यकर्ता असन्तुष्टि, तोडफोड, नेताको विरुद्धमा नारा, जुलुसलगायतका समाचारहरू छाप्नको लागि ठाउँ खाली राखिरहेका थिए होलान् तर त्यस्ता समाचारहरू पाइएन । जनताको आँखा दूरबिनसरह हुन्छ भनेजस्तै नेमकिपाको हरेक कार्यक्रमहरूलाई नजिकबाट नियालिरहेका थिए ।
अन्य पार्टीहरूको महाधिवेशन भएको भए ¥याली र उद्घाटनस्थलमा सुरक्षा व्यवस्थापन गर्न सुरक्षाकर्मीहरूलाई हम्मे हम्मे पर्दथ्यो । कडा सुरक्षाबीच पनि कार्यकर्ता कार्यकर्ताबीच हानथाप, उद्घाटनस्थलमा होहल्ला नभएको कुनै सम्मेलन अथवा महाधिवेशन नै छैन । नेताहरू कार्यकर्ताहरूबाटै असुरक्षित महसुस गर्छन् । कार्यक्रमस्थलमा भएको फोहर सफा गर्न सम्बन्धित स्थानीय निकायलाई हप्तौँ दिन लाग्छ । कतिपय सहभागीहरू र कार्यकर्ताहरू बिचल्लीमा परेको समाचारहरू पनि सुनिन्छन् । कार्यकर्ता तथा सहभागी खाना नपाएर भोकै बस्नुपर्ने र सुत्ने ठाउँ नपाएर खुला आकाशमुनि रात बिताउनुपर्ने स्थिति हुन्छ । बन्द सत्र नसिकँदै कतिपय प्रतिनिधि, पर्यवेक्षकहरू व्याचसहित घुमिरहेका देखिन्छन् भने कतिपयहरू आफ्ना गृह जिल्ला फर्केका समाचारहरू पनि सुनिन्छन् ।
विभिन्न जनसमुदायले नेमकिपाको महाधिवेशनलाई खुलेर प्रशंसा गरेका छन् र अन्य पार्टीहरूले पनि नेमकिपाबाट पाठ सिक्नको लागि जनताले सुझाएका पनि छन् ।
नेमकिपा अझै सशक्त भएर अगाडि बढ्दै छ
नेमकिपा नेपालको कम्युनिस्ट आन्दोलनमा स्तम्भको रूपमा स्थापित छ । नेमकिपा स्थापनाकालदेखि नै देशको सार्वभौमिकता र भू–अखण्डता रक्षाको लागि सङ्घर्षरत छ । नेपाल मजदुर किसान पार्टी स्वदेश र विदेशमा हुने हरेक प्रकारको जनपक्षीय र स्वाधीनताको आन्दोलनको पक्षमा आफ्नो समर्थन र ऐक्यबद्धता जनाउँदै आएको छ । अहिले नेपालमा दुईतिहाइको सरकार छ । वर्तमान नेकपा कम्युनिस्ट पार्टी नभई संशोधनवादी पार्टीको रूपमा रहेको र कम्युनिस्ट पार्टीको नाममा जनतालाई झुक्याउने गरेको हुनाले नेमकिपाले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधाराबारे गाउँ–गाउँ र बस्ती–बस्तीबीच पुगेर जनतालाई प्रशिक्षित गर्नेछ । नेमकिपाको महाधिवेशनले जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादसम्म पुग्ने लक्ष्य लिएको छ ।
नेमकिपाको महाधिवेशनले श्रद्धेय नेता नारायणमान बिजुक्छेँको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेकोले विरोधी र प्रतिक्रियावादीहरूको निद्राहराम भएका छन् । वीरगञ्जलगायत अन्य ठाउँका प्रतिक्रियावादी बुद्धिजीवीहरूले नानाथरीका कुराहरू गरेर कार्यकर्ता भड्काउने काम गरिरहेका छन् भने कतिपय ठाउँमा महाधिवेशनको प्रशंसासमेत गरेको सुनिन्छ । काग कराउँदै गर्छ पिना सुक्दै जान्छ भने उखानजस्तै नेमकिपाको कार्यकर्ताअगाडि प्रतिक्रियावादीहरूको केही जुक्ति (उपाय) काम लाग्दैन ।
नेमकिपा जाति, भाषा र सम्प्रदात्न्दा पनि विचार, सिद्धान्त र व्यवहारमा विश्वास गर्दछ । नेमकिपामा लाग्ने नेता, कार्यकर्ताहरू निःस्वार्थरूपले जुन ठाउँमा बसे पनि देश र जनताको सेवा गर्ने भावनाबाट प्रेरित छन् । नेमकिपा सामूहिक नेतृत्वमा हिँड्ने पार्टी भएकोले विरोधीहरूले खेल्न पाइरहेका छैनन् र आफ्नो पार्टीभित्रको गुटबन्दी र असन्तुष्टि नेमकिपाका कार्यकर्ताबीच पोख्ने गर्छन् । सर्वसाधारण जनताले पनि नेमकिपामात्र देश र जनताको निम्ति काम गर्ने पार्टी हो भने विस्तारै बुझ्दै छन् । नेमकिपाको भविष्य सुन्दर छ, कार्यकर्ता तथा नेताहरू पार्टीको सिद्धान्त, विचार जनताबीच पु¥याउनुपर्छ भने यहाँका विश्लेषकहरूको धारणा छ । नेमकिपा हिजोभन्दा अझ सशक्त भएर भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद र यहाँका प्रतिक्रियावादी पार्टीहरूको कर्तुत जनताबीच उदाङ्ग्याउँदै जानेछ ।
Leave a Reply