हरिसुन्दर सुवाल
१२ अगष्टका दिन शेन्चनमा रहेको गय्राण्ड मर्कर अरिएन्टल गिन्जा होटेल छोडेर हामी स्पेलेशन न्यूट्रोन स्रोतको अवलोकन गर्न गयौं । Chinese Spallation Neutron Sources का वैज्ञानिक प्रो. छिङ्ग टोङ्गका अनुसार चिनियाँ विज्ञान प्रतिष्ठानले वैज्ञानिक अनुसन्धानका लागि उच्चप्रविधिको श्रृङ्खलामार्फत उपयुक्त समाधान निकालेको छ । चीनमा करिब ९० प्रतिशत सामग्री CSNS बाटै उत्पादित हुन्छन् । १८ अगष्ट २०१७ उक्त संस्थाको इतिहासमै कोसेढुङ्गा साबित भयो । किनकी असङ्ख्य घरेलु तथा अन्तर्राष्ट्रिय हवाईजहाजबाट वैज्ञानिक तथा प्राविधिक समस्याहरू सुल्झाउन मदत भइको छ । CSNS निर्माण गर्न ६ वर्ष लाग्यो । त्यहाँ २० थरीका विभिन्न परीक्षणस्थलहरू छन् । हरेक वैज्ञानिकले चिनियाँ उपकरण प्रयोग गर्दछन् जसको मूल्य ३५ हजार अमेरिकी डलर पर्छ जुन अत्यधिक महँगो मूल्य हो । त्यसकारण संस्थाले नै अन्तर्राष्ट्रियरूपमा निःशुल्क उपलब्ध गराउँछ । यसका लागि स्थानीय सरकारले ५ एकड जमिन उपलब्ध गराएको र निर्माणमा सहयोग गरेको उहाँले बताउनुभयो ।

सीए स्टाईल नगरमा अवस्थित नर्सरी उत्पादन स्थलमा विभिन्न प्रजातिका फूलहरुमा पानी दिंदै चिनियाँ किसान
त्यसपछि हामी वलाङ्ग नगर हेर्न गयौँ जहाँ गरिबी उन्मुलनका लागि समुदायको कसरी व्यवस्थापन गर्ने भन्नेबारे बुझ्यौं । त्यस ठाउँको जम्मा जनसङ्ख्या १० हजार रहेको जानकारी पायौं । छिङ्गवाङ्ग समुदाय सन् २००६ बाट आरम्भ भएको हो । त्यस समुदायले २५० एकड भूमि ओगटेको र ५० हजार वर्ग कि.मि.मा फैलिएको पाइयो । जम्मा ३ वटा ठूला भवनहरू भएको उक्त सियाङ्गतोउ नगरमा प्रत्येक बासिन्दाले ३० वर्ग क्षेत्रफल बराबरको कोठा निःशुल्क उपभोग गर्न पाउँछ । त्यस समुदायले एउटा चिटिक्क परेको सांस्कृतिक पार्क निर्माण गरेको रहेछ । त्यस डबलीमा सियाङ्गतोउ समुदायका चिनियाँहरू महिनाको एक दिन जम्मा भई चिनियाँ सांस्कृतिक प्रस्तुति देखाउने गर्दछन् । त्यस्तै त्यस भवनमा शिक्षक, महिला तथा बालबालिकाहरूका लागि उपयोगी करिब २० हजार पुस्तकहरू भएको एउटा व्यवस्थित पुस्तकालय पनि देख्यौं । उक्त पुस्तकालयमा प्रायजसो पुस्तकहरू पपुलर साइन्स, पार्टी निर्माण र कपडा उद्योगसम्बन्धी भएको थाहा दिइयो । सोही कक्षमा पुराना खेतीकिसानीका औजारहरू र भित्तामा सजाइएका ऐतिहासिक फोटोले त्यस ठाउँको इतिहासबारे स्पष्ट धारणा बनाउन मदत मिल्दछ । चिकपाले त्यस केन्द्रलाई पार्टी विस्तारको सेवा केन्द्र पनि बनाएको छ । त्यस समुदायका अधिकांश बासिन्दाहरू कपडा उद्योगमा व्यस्त हुने रहेछन् । १९७९ मा तिनीले पहिलो यान्त्रिक कपाडा टेक्सटाइल प्रयोग गरेका थिए । त्यसै भवनमा रहेको पार्टी अफिसको पनि अवलोकन ग¥यौँ । जुन जीवन्त सांस्कृतिक सम्पदाजस्तो देखिन्छ ।
१३ अगष्टका दिन बिहान शेन्चनमा अवस्थित लोटस पार्क हेर्न लगियो । सन् १९९२ मा निर्मित उक्त पार्क १९९६ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो । डेन सियाओ पिङ्गको अग्लो ठूलो प्रतिमा संरक्षण गरिएको उक्त स्थल उचाइमा भएको कारण वरपरको सुन्दर दृष्य स्पष्ट देख्न सकिन्थ्यो । त्यहाँको हरियाली तथा ताजा हावाले डङ्गवाङ्ग प्रान्तको गर्मीलाई बिर्साई दिन्छ । त्यहाँबाट फर्केर हामी क्वीएन प्रदर्शनी हल छियौँ । उक्त हल ४० वर्षको सुधार योजनाको उपलब्धि थियो । सन् १९८७ देखि १९९२ सम्म चीनको कोङ्गवाउमा कृषि समस्या ठूलो थियो । १९७७ मा प्रतिव्यक्ति आम्दानी ३७० आर. एम. बी. थियो जबकि हङ्गकङ्गको १३ हजार आर. एम. बी. थियो ।
चिनियाँहरूले ३७ महिनामा अन्तर्राष्ट्रिय सुन्दरता The Great Surges in River निर्माण गरे । आर्थिकरूपमा अत्यधिक सफल सहर शेन्चनले अर्थतन्त्रका 4 Tigers हङ्गकङ्ग, मकाउ, दक्षिण कोरिया, सिङ्गापुरलाई माथ खुवाएको छ । अहिले शेन्चन सहरका अनुयायीहरू असख्य छन् । कोङ्गहाउको संरचना आधुनिक छ र अर्थव्यवस्था पनि आधुनिकीकरण गरिएको छ । त्यस सहरले नयाँ सामाजिक ढाँचा पस्केको छ भने समग्र चीनलाई योगदान गरेको छ । कोङ्गहाउ प्रान्तमा २१ सहरहरू पर्दछन् । ७० प्रतिशतको बजार शेन्चन सहरले ओगटेको छ । राष्ट्रिय सुधार नीति, विकास योजना र स्थानीय सरकारले कोङ्गवाउ, हङ्गकङ्ग र मकाउमा विकासका लागि हस्ताक्षर गरेका थिए ।
शेन्चनको ट्यालेन्ट पार्क Bay Mangrov Park ग्वाङ्गडोङ्ग, हङ्गकङ्ग र मकाउको संयुक्त रचनात्मक प्रयोगात्मक पार्क हो । उक्त पार्कलाई २०१५ अक्टोबरमा ग्वाङ्गडोङ्ग, हङ्गकङ्ग र मकाउबीच सेवा तथा व्यापारको स्वतन्त्रताको आधारमा तय भएको एक नमुनाको रूपमा लिइन्छ । त्यस पार्कले ब्राण्ड लाइसेन्स उद्योग विकास गर्ने जमर्को गर्छ र त्यसलाई विकासको नयाँ मोडेल बनाउँछ । विकासका नयाँ मोडेल लागू गरिएसँगै विश्वका विभिन्न क्षेत्रबाट ३० भन्दा बढी ब्रान्ड ६० वटा कल्पना चित्रहरू डोङ्गवाङ्गमा प्रयोग गरिए । कपडा, खेलौना, फर्निचर तथा विद्युतीय उपभोग्यहरूको पक्षमा धेरै उत्पादनका किसिमहरूले सफलतापूर्वक ठाउँ पाएका छन् । वर्तमानमा ५ हजारभन्दा बढी संस्कृतिसित सम्बन्धित भार उक्त पार्कले ब्यहोरेको छ । जसमध्ये राष्ट्रिय स्तरका एनिमेश्न कम्पनीहरू एनिटाइम एनिमेश्न स्टुडियो, टाइचेङ्ग एनिमेश्न कम्पनी आदि पर्दछन् । तिनीहरूमध्ये ११ वटा ठूला परिमाण र ४ वटा राष्ट्रियस्तरमा सूचिकृत छन् । त्यसपछि हामी हिल्स्टेन होटेल बास बस्यौँ । अवलोकन भ्रमणको क्रममा हामीले पहाड, हरियाली डाँडा, जङ्गल, नदी, खेतीपाती, सफा सहर, राजमार्गको दुवै छेउमा आकर्षक बगैँचा हेरी आनन्दित भयौं । शेन्चनबाट क्वान्चाउ पुग्न करिब ३ घण्टा लाग्यो । बसबाट लामो यात्रा गरिसकेका हुनाले हामी निकै थकित भयौँ ।

क्वाङ्गविनस्थित कृषि जनअनुसन्धान केन्द्रमा चिनियाँ किसानहरुद्वारा उत्पादित वस्तुहरू अवलोकन गर्दै
१४ अगष्टका दिन कार्य तालिकाअनुसार हिल्स्टन होटलबाट शेन्चन सहरको बाहिर पश्चिम क्षेत्रको] Xihe Style Town अवलोकनका लागि रवाना भयौँ । करिब एक घण्टा बसको यात्रा गरेपछि त्यस सुन्दर वान्हवा नगर पुग्यौँ । त्यहाँ हामीले सुन्दर कमलका फूलहरू देख्यौँ । द्वेभाषी स्टिफानले त्यहाँको उष्ण प्रदेशीय फूलहरूबारे बताउनुभयो । वेर्ना उत्पादनले १० प्रतिशत बजार अंश पाएको हुन्छ । चीनमा यसले २५ देखि ३० प्रतिशत बजार ओगट्छ । यी उत्पादन पेइचिङ गार्डेन एक्स्पोमा प्रदर्शनीमा राखिएका थिए । किसानहरूले फूलको नयाँ बेर्ना उमार्छन् । यसरी किसानहरू आफैँ थरीथरीका फूलहरू उमार्छन् । तिनीहरूसित अहिले ५४ थरीका बेर्ना छन् । ती फूलको मूल्य अवश्य केही फरक छन् । मध्यम साइजको ५ र सानोको १ आर. एम. वी. युआन पर्दछ । हरेक बिरुवा एसिया निर्यात हुन्छ । फूल बिक्री गर्नका लागि त्यहाँ ३६ वटा संस्थाहरू सञ्चालित छन् । साखुइलेन्ट नामक बिरुवाभित्र धेरै पानी हुन्छ । गोल्डेन फिङ्गर, क्याक्टसजस्ता फूलहरू पनि उत्पादन गरिन्छ उक्त कृषि कार्यका लागि १२ एकड जमिन प्रयोग भएको छ । त्यस नर्सरीभित्र ८० प्रजातिका फूलहरू पाइन्छन् । पर्यटन गन्तव्य बनाउन विशाल नर्सरी खेतीबाहिर एउटा हरियाली पार्क निर्माण गरिएको रहेछ, जहाँ बसेर थकाइ मेट्न सकिन्छ ।
नान्पिङ्ग नगर चीनका व्यापारीले मिङ्ग वंशको पालामा बनाइएको थियो । नान्पिङ्ग नगर पूर्वी चीनको सांस्कृतिक राजधानीको नाम हो । त्यस सानो नगरमा १ हजार चिनियाँहरू बस्छन् । जुन ठाउँबाट दुई साना खोलाहरू बग्छन् । उक्त नगरको पहिलो भाग पूर्ण विकसित छ भने दोस्रो भागले नगरलाई सजाउने काम भएको छ । नगरको चारैतिर स्वच्छ वातावरणका योजनाहरू अगाडि सारिएका छन् । नगरको सुन्दरता भनेको गाउँलेहरूको प्रयत्नको मिश्रण र साहसिक कार्यको मिश्रण हो । त्यहाँहामीलाई ग्रामीण विकाससम्बन्धी भिडियोसमेत देखाइएको थियो । त्यस ठाउँका चिनियाँहरू कुखुरापालनमा व्यस्त देखिए । विभिन्न नगरका समुदायहरूले गाउँलेहरूका लागि ५÷६ वटा शौचालय बनाइदिएको द्वेभाषी स्टिफानले बताए । चिनियाँहरूको नारा छ, यदि वातावरण सफा छ भने जीवन पनि बेहत्तर हुन्छ । तिनीहरू जमिनलाई गाउँलेहरूको हितमा उपयोग गर्नुपर्ने मान्यता राख्दछन् । राज्यको स्वामित्व भएको उद्योगमा ३० प्रतिशत बजार यी हरियाली भरिपूर्ण गाउँहरूले ओगटेको छ । ग्रामीण विकासले गर्दा त्यस नान्पिङ्ग नगरको प्रतिव्यक्ति आम्दानी १३ हजारदेखि ३६ हजार पुगेको पाइन्छ ।
१५ अगष्टका दिन चीनको व्यापारिक प्रान्त कान्चाउमा सेमिनारको अन्तिम दिनका लागि रोकेका थियौँ । ब्रेकफास्ट सकाएर हामी अत्यन्तै उत्सुकतापूर्वक सेमिनारको समापन कार्यक्रमको पर्खाइमा थियौँ । हरेक राजनीतिक पार्टीका प्रतिनिधिले प्रस्तुति राख्ने भएकाले उक्त क्षण निकै महत्वपूर्ण लाग्यो ।
चिकपा अन्तर्राष्ट्रिय इक्स्चेन्जका निर्देशक युआ चियाङ्गोले सेमिनारको महत्वबारे बताउँदै सहभागी देशहरूमा सन्तुलित विकासलाई जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो । त्यस्तै चीनको अन्तर्राष्ट्रिय गरिबी उन्मूलन केन्द्रका निर्देशक ताइ वेपिङ्गले सहभागी सबैलाई धन्यवाद दिँदै विकासोन्मुख देशहरूका लागि चीनको प्रयासलाई सम्झिन अनुरोध गर्दै सम्पूर्ण सहभागी देश र पार्टीहरूसित राम्रो सम्बन्ध कायम राख्नुपर्ने आवश्यकता रहेको चर्चा गर्नुभएको थियो ।
सेमिनारको अन्त्य भएको घोषणापश्चात् सेमिनारमा सहभागीहरूले अन्तर्राष्ट्रिय गरिबी उन्मूलन केन्द्र, चीनका निर्देशक टाइ वेपिङ्ग, चिकपा अन्तर्राष्ट्रिय आदानप्रदानका निर्देशक युआ चियाङ्ग, द्वेभाषी स्टिफानलगायत सहयोगी सबैलाई दोसल्ला ओढाई नोटबुक, पुस्तक टोपी, फूल आदि उपहार प्रदान ग¥यौँ ।
कुुरोले होइन काम गरेर देखाउनुपर्छ । समयको सही उपयोग गर्ने, आफूमा क्षमता अभिवृद्धि गरी समाज र देशको निम्ति मेहनती भावनाले काम गर्ने चिनियाँ जनताको आशाको केन्द्र चिकपाले लिएको नीति वास्तविक अर्थमा सबैको भलाइको नीति हो । विश्व शान्तिको निम्ति अपरिहार्य राजनीतिक सिद्धान्त, विधि, ढाँचा र संस्कार नै चिनियाँ शैलीको समाजवाद हो । जनताकेन्द्रित नीति तथा कार्यक्रम लागू गर्न सकेको खण्डमा मात्र वास्तविक अर्थमा आर्थिक समानता र समुचित विकास सम्भव हुन्छ भने उदाहरण चिकपाले छर्लङ्ग प्रस्तुत गरेको छ ।
समाप्त
Leave a Reply