भर्खरै :

‘मजदुर’ दैनिक दसैँमा पनि बन्द नहुने

 
दानबहादुर कपाली
देश र समाजप्रति समर्पित ‘मजदुर’ दैनिक वर्षभरि नै निस्किरहेको पत्रिका हो । यो पत्रिका दसैँमा मात्र होइन तिहारमा पनि प्रकाशित हुन्छ । नेपालीहरूको ठूलो चाडपर्वमा पनि निरन्तर प्रकाशन भइरहने यो पत्रिका प्राप्त जानकारीअनुसार यो वर्षको दसैँमा पनि रोक्ने छैन । दसैँजस्तो उत्सव, मेला, भेटघाट र शुभकामना आदानप्रदान हुने बेलामा पनि पत्रिका प्रकाशनमा लाग्ने र सहयोग गर्ने लेखक, समालोचक, संवाददाता र पत्रिका वितरकहरूको योगदान स्मरणीय छ ।
दसैँ मनोरञ्जन गर्ने, मेला भर्ने, खुसी साटासाट गर्ने पर्वमात्र होइन । यहीँबेला विकृति र विसङ्गतिहरू न्यून गर्न या नियन्त्रण गर्न अन्य रचनात्मक, सुधारात्मक कार्यहरू पनि हुन्छन्, गर्छन् । सरसफाइ गर्ने, साहित्य गोष्ठी गर्ने, समसामयिक विषयमा छलफल गोष्ठी, प्रवचन, रक्तदान आदि कार्यहरू भएको देखिन्छ । दसैँको बेला हुने विकृति, तडकभडक र अधिक खर्चबारे सचेत पार्ने काममा युवा–विद्यार्थी लागिरहेका छन्, लाग्नुपर्छ । यो सकारात्मक पाइला हो ।
यसै समयमा कति युवाहरू जुवातास खेल्छन् । जुवातासमा हजारौँ लाखौँ रकम स्वाहा पारिन्छ । चोरी चकारी पनि यस्तै समयमा बढेको हुन्छ । जाँडरक्सी खाने, झैझगडा गर्ने, विवाद निम्त्याएर अमनचयनमा बाधा पु¥याउने कुतत्वहरू पनि यसै समयमा देखिन्छन् । यसरी समाजमा भाँडभैलो मच्चाउनेदेखि झगडासमेत गराउने काम दसैँमा हुने हुँदा एकातिर सोसम्बन्धी खबरदारी गर्ने रचनात्मक काम या भेला, गोष्ठी र प्रवचन कार्यक्रममार्फत हुन्छ भने अर्कोतिर पत्रिकाले पनि गरिरहेको हुन्छ । दसैँको समयमा भए गरेका गतिविधि या खबरलाई जनतासमक्ष पु¥याउने काम पत्रिकाको हो, त्यो जिम्मेवारी ‘मजदुर’ दैनिकले गरिरहेको छ । यस काममा लाग्ने सम्बन्धित सबैलाई आभार व्यक्त गर्न चाहन्छु । अन्याय, अत्याचार, पक्षपातविरुद्ध सङ्घर्ष गर्ने बल सबैमा मिलोस् । देशको स्वतन्त्रता र सार्वभौमिकता जोगाउन, विदेशी हस्तक्षेप, अतिक्रमणविरुद्ध लड्ने भावना सबै नेपालीमा पुगोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *