भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
काठमाडौँ, २१ असोज । हरेक वर्ष तिथिअनुसार दसैँ लगत्तैको द्वादशी र त्रयोदशीमा हुँदै आएको नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) यसपालि भक्तपुर नगरपालिका वडा नं १ नःपुखुमा बिहीबार र शुक्रबार हुँदै छ ।
यसपटक हुन लागेको उनान्चालीसौँ तःमुंज्यामा पनि नेपालभाषा, नेपाली भाषा, तामाङ, भोजपुरीलगायतका विभिन्न भाषामा साहित्यहरू वाचन हुने छ । दुवै दिन दिनको १ बजे सुरू भई साँझ अबेरसम्म साहित्यवाचन र लगत्तै राति अबेरसम्म साँस्कृतिक कार्यक्रम प्रदर्शन हुनेछ । आजभन्दा करिब ४० वर्ष अगाडि भक्तपुरमा चिकित्सक भई सेवा पु¥याउनु भएका दारिवाल डाक्टरको रूपमा परिचित डा. अशोकानन्द मिश्रलगायत व्यक्तित्वहरू कार्यक्रममा सम्मानित हुनुहुनेछ ।
तःमुँज्या भक्तपुरका जनतामा स्थापित नाम हो । तःमुँज्यालाई साहित्यको एक उत्सवको रूपमा पनि लिन सकिन्छ । तःमुँज्यामा प्रस्तुत साहित्य र सांस्कृतिक कार्यक्रमले जनताको भावना अभिव्यक्त हुन्छ । अनेक विषयका विज्ञ, साहित्यकार, लेखक, कलाकारका मन्तव्य तःमुँज्याको प्रमुख आकर्षण हुने गर्छ । तःमँुज्यामा साहित्यप्रेमीहरू त उपस्थित हुन्छन् नै त्यसबाहेक सर्वसाधारण जनता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिबाट शिक्षित हुन पनि कार्यक्रममा सहभागी भएका हुन्छन् ।
तःमुँज्याको विशेषता भन्नु नै काम गरी खाने जनताको आवाज हो । कामदार जनताको अभिव्यक्ति साहित्य र कलामार्फत जनताबीच पस्कनु तःमुँज्याको विशेषता हो । यसले साहित्य राजनीतिको हतियार भन्ने विचार आत्मसात गरेको छ । तःमुँज्याले साहित्य वर्गीय मुक्तिको साधन हुनसक्छ, साहित्य समाजको निष्कृय ऐनामात्र होइन समाजको आमूल परिवर्तनको निम्ति हतियार हुनसक्छ भन्ने मान्यता बोकेको छ । जनताले बनाएको तःमुँज्याको दबुमा जनताका साहित्यकारले साहित्य वाचन गर्छन्, समाजका विकृति र विसङ्गतिमाथि चोटिलो प्रहार गर्छन् । तःमुँज्याले क्रान्तिकारीले मात्र क्रान्तिकारी साहित्यको रचना गर्नसक्छन् भन्नुको अर्थ साहित्यकार जनताको बीचमा जाने अन्वेषकमात्र होइन जनताको आन्दोलनसँगै हुर्किएको हुनुपर्छ भन्नु हो । तःमुँज्याले साहित्यकारमात्र जन्माएको होइन तल्लो वर्गका जनतालाई साहित्यको कखरा सिक्न उत्साहित गरेको छ । साहित्य लेख्ने मानिस तयार पारेको कुरालाई पनि नकार्न सकिन्न ।
दसैँजस्तो ठूलो चाडलाई सांस्कृतिकरूपमा मनाउने काइदा भक्तपुरले सिकेको अनुभव तःमुँज्याको गरिमाले प्रस्ट पार्छ । चाडपर्वको नाममा खाने, पिउने, खेल्ने वा अन्य अनुत्पादक काममा समय बिताउने परम्परालाई तोडेर भव्य समारोहको आयोजना ३९ वर्षदेखि निरन्तर हुनु चानचुनको कुरा होइन । यसलाई दसैँको प्रगतिशील उपयोग पनि भन्न सकिन्छ । बिदाका दिनलाई उपयोग गर्ने मेसोको रूपमा यस्ता बृहत् कार्यक्रमलाई लिइएको छ ।
Leave a Reply