इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
पेइचिङ, १० अक्टोबर । चीनका राष्ट्रपति सी चिनफिङले बुधबार चीन भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग भेट्नुभएको छ । भेटका क्रममा चिनियाँ नेता सीले नयाँ युगमा साझा भविष्यको लागि चीन र पाकिस्तानबीचको सम्बन्ध अझ बलियो बनाउन आफू तयार रहेको बताउनुभयो । उहाँले रणनीतिक सहकार्य र गतिशील सहकार्यमा जोड दिनुभएको छ ।
चीन र पाकिस्तानलाई सबै मौसमको रणनीतिक साझेदार भएको बताउँदै सीले अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थितिमा जस्तोसुकै परिवर्तन भए पनि चीन र पाकिस्तानबीचको मित्रता अटुट र चट्टानी भएको बताउनुभयो । लगातारको विस्तारले चीन र पाकिस्तानबीचको सहकार्यको महत्व सधैं उँचो बनाएको सीले बताउनुभयो ।
सो अवसरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्षगाँठको अवसरमा चीनका राष्ट्रपति सीलाई बधाई ज्ञापन गर्नुभयो ।
चीनले हासिल गरेको उल्लेखनीय विकासबाट पाकिस्तान प्रभावित भएको चर्चा गर्दै चीनले न्यायको पक्षमा उभिने सिद्धान्तलाई अङ्गीकार गरेकोमा पाकिस्तानले खुशी व्यक्त गर्नुभयो ।
“तथ्यले चीन पाकिस्तानको सदाबहार रणनीतिक साझेदार भएको र दुवै देशबीचको मित्रतालाई जनताको व्यापक समर्थन छ”, खानले भन्नुभयो ।
उहाँले बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत चीन–पाकिस्तान आर्थिक केन्द्रको निर्माणमा चीनसँग पाकिस्तानको सम्बन्ध, सहकार्य र समन्वय बलियो बन्नेमा आशा व्यक्त गर्नुभयो ।
खानले सुरक्षा र स्थायित्व कायम राख्न आतङ्कवादविरोधी सहकार्य अझ बलियो हुनेमा विश्वास व्यक्त गर्नुभयो । भेटका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले कास्मिरको अवस्थालाई चीनले नजिकबाट नियालिरहेको र तथ्य प्रष्ट भएको बताउनुभयो ।
“पाकिस्तानले आफ्नो वैधानिक अधिकार रक्षाको लागि गरिरहेको कामप्रति चीनको समर्थन छ । हामीलाई आशा छ, शान्तिपूर्ण संवादमार्फत सम्बन्धित पक्षले विवादको समाधान गर्नेछ”, सीले भन्नुभयो ।
Leave a Reply