सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
आसलाल
चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीमा बिहीबार पूर्वप्रधानमन्त्रीहरूको बैठकमा केही सहभागीहरूले चीनले सित्तैमा दिएमात्र सहायता लिन नभए चिनियाँऋणको पासोमा फस्ने भएकाले नलिन सल्लाह दिए । विशेषतः नेपाली काङ्ग्रेसका नेता रामशरण महत र समाजवादी पार्टीका बाबुराम भट्टराईले ऋण पासोको कुरा उठाए । यी दुवै नेताहरू नवउदार अर्थतन्त्रका हिमायतीहरू हुन् । महत त घोषित रुपमै नवउदारपन्थी हुन् भने भट्टराई छद्म नवउदारपन्थी हुन् । नवउदार अर्थनीति भनेको गरिब तथा विपन्न देशलाई आर्थिक सहायताको नाममा डुबाउने पुँजीवादी आर्थिक सिद्धान्त हो । नवउदार अर्थनीतिले आजसम्म संसारका कुनै पनि देशमा सुख र शान्ति ल्याउने सकेको छैन । अहिले इक्वेडरमा चालु हिंसात्मक जनआन्दोलन पनि सरकारले नवउदार अर्थनीति लागू गर्न खोज्दाको परिणाम हो । ऋण दिएर अविकसित देशलाई आफ्नो नवउपनिवेश बनाउने नवउदारवादी अर्थनीतिको सार हो । हिजोका उपनिवेश देशहरूले आजको परिवर्तित समयमा नवउदार अर्थनीति लागू गरी आफ्नो उपनिवेशलाई कायम गर्न खोज्छन् ।
महत र भट्टराई नेपालमा नवउदारवादी अर्थनीति कार्यान्वयनका दुई खम्बा हुन् । आज तिनै मानिसले चीनलाई औँल्याएर ऋण पासोको कुरा गरिरहेका छन् । संसारमा ऋणको नाममा पासो बुन्ने हिजोका उपनिवेशवादी शक्तिले गरिरहेका छन् । संरा अमेरिका र युरोपेली देशहरू नै यस्ता काममा अग्रपंक्तिमा छन् । चीनको उदय त्यस्तै अन्यायमा आधारित आर्थिक सम्बन्धको विरोधमा भएको हो । चीन इतिहासमा कहिल्यै पनि आक्रामक शक्ति बनेन । बरु अफिम युद्धयता झन्डै एक सय वर्ष चीन अरु आक्रामक शक्तिको कोपभाजनमा परेको देश हो । अरूको पराधीनतामा बस्नुको पीडा चीनलाई राम्ररी थाहा छ ।
आज चीनले हासिल गरेको समृद्धि त्यस्तै पीडामा मल्हमपट्टी लगाउँदै प्राप्त भएको हो । चीनले आज विश्व मञ्चमा अघि सारेको साझा भविष्य भएको मानव समुदायको नारा वास्तवमा आक्रामकताविरुद्ध उठेको कार्यक्रम हो । उपनिवेशवादी शक्तिले चुस्नु चुसेका देशमा आज चीन साझा विकास र भविष्यको कार्यक्रम लिएर पुगेको छ । चीनको यस्तो कार्यक्रमलाई हिजोको उपनिवेशवादी शोषणसँग दाँजेर उपनिवेशवादी शक्तिहरूले चीनलाई ऋण पासो सिर्जना गरेको मिथ्या आरोप लगाइरहेका छन् । हिजो आफूले गरेको पापको भारी चीनलाई पनि बोकाउन सकिन्छ कि भनी आज नवउदारवादका हिमायतीहरू चीनविरुद्ध यस्ता आरोप लगाइरहेका छन् । चीनले अघि सारेको पूर्वाधार विकासको योजना आपसी हितमा आधारित साझा हितको कार्यक्रम हो । यसले गरिब तथा विपन्न देशलाई ऋणको पासोमा फसाउने होइन, ऋणको भारी हलुको बनाउने कार्यक्रम हो ।
महत र भट्टराईहरूले अनेकन झूटा प्रचार गरेर फेरि पनि नेपाली जनतालाई झुक्याउनुले खासमा न उनीहरूको हित हुन्छ न नेपालकै कल्याण गर्नेछ । जति जति यस्ता झूटा प्रचार गर्न उनीहरू उद्यत हुन्छन्, नेपाली जनताको नजरमा उनीहरू त्यत्ति नै बद्नाम हुनेछन् ।
Leave a Reply