गैरदलीय स्थानीय तहको निर्वाचन गर्ने विषय अनुपयुक्त
- असार १४, २०८३
काठमाडौँ, २५ असोज । चीनका राष्ट्रपति एवम् चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङ दुईदिवसीय राजकीय भ्रमणको लागि शनिबार काठमाडौं आइपुग्नुभएको छ । छिमेकी देश चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उहाँ सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उहाँको स्वागत गर्नुभएको थियो । निकट विगतमा नेपाली जनस्तरबाट यति हार्दिक र भव्य स्वागत पाउने अन्तर्राष्ट्रिय नेताहरूमध्ये सी चिनफिङ अग्रपङ्क्तिमा हुनुहुन्छ ।
अपराह्न पौने ५ बजे राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उहाँको स्वागतका लागि कर्मचारी र सर्वसाधारण ४ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर स्वागतका लागि प्रतीक्षारत थिए । सी विमानस्थलबाट सोल्टी होटेलमा जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उहाँलाई नेपाल र चीनको झन्डा हल्लाएर स्वागत गरेका थिए ।
उहाँलाई विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चेबाजा र नाचले समेत स्वागत गरिएको थियो । तीनकुने, नयाँ बानेश्वर र बबरमहल, माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी र सोल्टीमोडसम्म उहाँको स्वागतका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियोे ।
राष्ट्रपति सीलाई स्वागतका लागि बनाइएका स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ राखिएका फूलसमेत राखिएको थियो । उहाँ त्रिभुवन विमानस्थलमा ओर्लिएसँगै सवारी मार्गलाई खाली गरिएको थियो ।
चिनियाँ विशिष्ट पाहुनाको आवागमन हुने सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए । उहाँ आउनुअघि सडकको धुलो हटाउन सडकमा पानी र ब्रुमरले सरसफाइ गरिएको थियो ।
२३ वर्षपछि नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण भएको हो । यसअघि चीनका तत्कालीन राष्ट्रपति चियान चमिनले नेपालको भ्रमण गर्नुभएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनबाट महासचिव र त्यसपछि चीनका राष्ट्रपति बन्नुभएका सी चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टी र चीनमा भ्रष्टाचार नियन्त्रणको लागि कडा नीति र अनुशासन लागू गर्नुभएको छ । राज्यकोषको दुरुपयोग गर्ने, फजुल खर्च गर्ने, व्यक्तिगत हितमा पार्टी र राज्यकोष खर्च गर्ने विकृतिलाई सी चिनफिङको कार्यकालको आरम्भबाट नै नियन्त्रण गर्न थालेको हो । चिनियाँ क्रान्तिको नयाँ पुस्ताका प्रतिनिधि सी चिनियाँ क्रान्तिबारे राम्रो जानकारी भएको नेता मानिनुहुन्छ । महासचिव भएपछि उहाँले पार्टीमा माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालगायत सैद्धान्तिक विषयमा नियमित अध्ययन कक्षको अनुशासन लागू गर्नुभएको छ ।
सीको नेतृत्वलाई सन् १९७० को दसकमा देङ स्याओ पिङ नेतृत्वमा विकास गरिएको सुधार र खुलापनको नयाँ अध्यायको रुपमा हेर्ने गरिएको छ । सुधार र खुलापन नीतिलाई अझ विस्तार गर्दै चीनलाई विश्व मञ्चमा सशक्तरूपमा उभ्याउन सीले नेतृत्वदायी भूमिका खेलिरहनुभएको छ । विशेषतः सी नेतृत्वमा आएयता ‘दुई शताब्दी लक्ष्य’ प्राप्तिको लागि चिनियाँ जनताको अभियान अझ गतिवान बनेको छ । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक शताब्दी पुगेको अवसरमा सन् २०२१ सम्ममा चीनलाई मध्यम हिसाबले अघि बढेको देश बनाउने र जनवादी गणतन्त्र चीन स्थापनाको एक शताब्दी पुगेको अवसरमा सन् २०४९ भित्र चीनलाई विकसित देश बनाउने चिनियाँ जनताको लक्ष्यलाई सीको नेतृत्वले प्राथमिकतासाथ अघि बढाइरहेको छ ।
सी राष्ट्रपति बन्नु भएपछि संसारसँग चीनको विकासको अनुभव आदानप्रदान गर्ने लक्ष्यले प्राचीन रेशम मार्गलाई आधुनिक समाज सुहाउँदो उपयोग गर्न ‘एक क्षेत्र एक बाटो’ परियोजना घोषणा गर्नुभयो । यो परियोजना संसारका सबै देश एक आपसमा अन्तरनिर्भर भएको र एक आपसको सहयोगको आदान प्रदानले नै मानव जातिको साझा भविष्य सुन्दर हुने मान्यतामा आधारित छ । मानव जातिको साझा भविष्यको लागि यो परियोजना अघि बढाउन लागिएको चीनले आफ्ना औपचारिक दस्तावेजमा भन्दै आएको छ ।
‘एक क्षेत्र एक बाटो’ परियोजनाको घोषणासँगै अन्तर्राष्ट्रियरूपमा चीनको भूमिका पनि बढेको छ । चीनको बढ्दो अन्तर्राष्ट्रिय भूमिकासँगै राष्ट्रपति सी चिनफिङको अन्तर्राष्ट्रिय छवि अझ उँचो बनेको छ ।
सीको नेपाल भ्रमणले नेपाल र चीनबीचको मैत्री सम्बन्ध अझ उचाइमा पुग्ने आशा गरिएको छ । चीनका राष्ट्रपति सी चिनफिङको स्वागतमा सरकारमात्र होइन, जनस्तरबाट पनि व्यापक हार्दिकता प्रदर्शन भएको छ । सामाजिक सञ्जालमा समेत राष्ट्रपति सीको स्वागतमा धेरै सङ्ख्यामा हार्दिक अभिव्यक्ति लेखिएका छन् । यसले चीन र नेपालबीच जनस्तरसम्म फैलिएको मैत्रीपूर्ण सम्बन्ध प्रतिबिम्बित गर्दछ । चीनले पञ्चशीलको सिद्धान्तअनुसार नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्ने, नेपालको सार्वभौमिकता र भूअखण्डताको सम्मान गर्ने मैत्रीपूर्ण व्यवहारकै कारण चीन र चिनियाँ नेतृत्व नेपाली जनताबीच लोकप्रिय छ ।
२०७२ को विनाशकारी भूकम्पको समयमा एउटा छिमेकी नेपाली जनताको आहतमा अझ पीडा थप्न लागिरहेको बेला अर्को छिमेकी देश चीनले जनताको दैलो दैलोसम्म पु¥याएको सहयोगबाट नेपाली जनता प्रभावित छन् । भूकम्पसँगै संविधान निर्माणले गति लिन खोजेको अवस्थामा भारतले नेपालमाथि नाकाबन्दी घोषणा ग¥यो । नेपाली जनताको जीवन अत्यन्त कष्टकर बन्यो । तर, अर्को छिमेकी देश चीनले भने पञ्चशीलको सिद्धान्तअनुसार नै नेपालको संविधान निर्माण आन्तरिक मामिला भएकोले कुनै अवरोध गर्न चाहेन । चीनको यस्तो परिपक्व मैत्रीपूर्ण व्यवहारकै कारण पनि नेपाली जनताबीच चीनको सकारात्मक प्रभाव विस्तार भएको हो ।
चीन र नेपालबीचको सम्बन्ध भौतिक विकास निर्माणभन्दा माथिल्लो सम्बन्ध हो । चीन वा नेपालले केही दिएपछि मात्र दुई देशबीचको सम्बन्ध अघि बढ्ने नत्र नबढ्ने हुनसक्दैन । नेपाल र चीनबीचको सम्बन्ध कुनै भौतिक कुराको लेनदेनको सम्बन्धमात्र होइन । सीको भ्रमणलाई लेनदेनको आँखाले मात्र बुझ्नेहरूले छिमेकीबीचको उच्च मूल्यको सम्बन्ध बुझेका हुँदैनन् ।
सी चिनफिङ – छोटो परिचय
जन्मः सन् १९५३ जुन १५
पिताः सी झोङसुन
माताः छि सिन
श्रीमतीः पेङ लियुआन
छोरीः सी मिङचे
– पेइचिङको सिन्ह्वा विश्वविद्यालयमा रसायन इन्जिनियरिङमा स्नातक तहसम्म अध्ययन, कानुनमा उच्च अध्ययन
– माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराको गहन अध्ययन
– सन् १९८५ मा संरा अमेरिकी कृषिको अध्ययनका क्रममा संरा अमेरिकी आइवा राज्यको मस्कान्ते सहरमा एक अमेरिकी परिवारसँग बसोबास
– सन् १९७१ मा कम्युनिस्ट युथ लिग अफ चाइनामा सदस्य
– कम्युनिस्ट पार्टीमा सदस्य बन्न दस पटक आवेदन, सन् १९७४ मा दसौं पटक मात्र कम्युनिस्ट पार्टीको सदस्यता प्रदान
– हपेई (१९८२–१९८५), फुजियान (१९८५–२००२), चेच्याङ (२००२–२००७) र साङ्घाई (२००७) मा पार्टी सचिवको भूमिका
– सन् २००७ को अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १७ औं महाधिवेशनबाट ९ जना पोलिटव्युरो सदस्यमध्ये एक जना निर्वाचित
– सन् २००८ को मार्चमा चीनको उपराष्ट्रपति पदमा निर्वाचित
– सन् २००८ को पेइचिङ ग्रीष्मकालीन ओलम्पिकको तयारी प्रमुख
– हङकङ र मकाउ मामिला हेर्न चीनको केन्द्रीय सरकार प्रतिनिधि
– सन् २०१२ नोभेम्बर १५ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनबाट चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय सैनिक आयोगको अध्यक्षमा निर्वाचित
सिन् २०१३ मा जनवादी गणतन्त्र चीनका राष्ट्रपति पदमा निर्वाचित
– सन् २०१३ को सेप्टेम्बरमा कजाकिस्तानबाट बेल्ट एन्ड रोड परियोजनाको घोषणा
– सन् २०१८ मा दोस्रो कार्यकालको लागि चीनको राष्ट्रपतिमा निर्वाचित
Leave a Reply