तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कैलाली, २७ असोज । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको सन्देशबारे जानकारी दिने उद्देश्यले सोमबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपा कैलालीका जिल्ला अध्यक्ष रमेशकुमार रावलले सातौँ महाधिवेशनको सन्देशबारे जानकारी दिँदै पार्टी कार्यकर्ताहरू अनुशासित हुनुपर्नेमा जोड दिनुभयो ।
इमानदार कार्यकर्ताहरूलाई अनेक लोभलालच देखाई फसाउने काममा प्रतिक्रियावादीहरू अहोरात्र लाग्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “कार्यकर्ताहरू अविचलित भई जनताको सेवामा लाग्नुपर्छ ।”
नेमकिपा कैलाली जिल्ला सचिव गगनबहादुर थापाले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको चर्चा गर्दै समाजवादी व्यवस्थामा मात्र कामदार जनताले सुख पाउने बताउनुभयो ।
कार्यक्रममा गोवद्र्धन तारामी, लक्ष्मी तारामी, मनिषा थापामगर र कविता आचार्यले पनि बोल्नुभएको थियो ।
Leave a Reply