अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
पेइचिङ, १४ अक्टोबर । १ अर्ब ४० करोड चिनियाँ जनतालाई राम्ररी खाना दिएर चीनले जनताको पोषण र जीवनस्तरमा उल्लेख्य सुधार गरेको सोमबार चीनले सार्वजनिक गरेको खाद्य सुरक्षासम्बन्धी श्वेतपत्रमा उल्लेख छ । चीनले खाद्य सुरक्षाको सन्दर्भमा विश्वव्यापीरूपमै उल्लेख्य सफलता हासिल गरेको श्वेतपत्रमा बताइएको छ ।
चीनको राज्य परिषद् सूचना कार्यालयले जारी गरेको श्वेतपत्रमा संसारको पाँच भागको एक भाग जनसङ्ख्यालाई खुवाउन संसारको कुल खाना उत्पादनमध्ये एकचौथाइको आवश्यकता रहेको बताएको छ ।
“खाद्य आपूर्तिमा चीन आत्मनिर्भर छ । चिनियाँ जनतालाई खानको लागि मनग्यमात्र छैन, बरु के खाने भन्ने विषयमा थुप्रै छनौट पनि उपलब्ध छ”, श्वेतपत्रमा लेखिएको छ ।
हाल चीनको प्रतिव्यक्ति खाना उत्पादन झन्डै ४७० किलोग्राम छ । सन् १९९६ यता प्रतिव्यक्ति खाना उत्पादनमा १४ प्रतिशतले वृद्धि भएको छ । त्यत्तिबेला प्रतिव्यक्ति खाना उत्पादन ४१४ किलोग्राम थियो । चीनले सन् १९९६ मा पहिलोपटक खानासम्बन्धी श्वेतपत्र जारी गरेको थियो । सन् १९४९ मा प्रतिव्यक्ति खाना उत्पादनको तुलनामा आज १२६ प्रतिशतले वृद्धि भएको छ । सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भएको थियो ।
सन् २०१० मा चीनको कुल खाना उत्पादन ५५ करोड टन नाघेको थियो । सन् २०१८ सम्म कुल खाना उत्पादन झन्डै ६६ करोड टन पुगेको छ । सन् १९७८ को दाँजोमा सन् २०१८ मा ११६ प्रतिशतले खाना उत्पादन भएको छ । सन् १९७८ मा चीनको कुल खाना उत्पादन ३० करोड टन थियो । सन् १९७८ मा चीनले खुलापन र सुधारको नीति लागू गरेको थियो । सन् १९४९ को दाँजोमा चीनको कुल खाना उत्पादन झन्डै ६०० प्रतिशतले बढेको छ । त्यत्तिबेला कुल खाना उत्पादन ११ करोड टन थियो ।
“जनताले नियमित खाने अन्नको सुरक्षा चीनले सुनिश्चित गरेको छ । पछिल्ला वर्षमा धान र गहुँको उत्पादन बढेसँगै घरेलु आवश्यकता पूरा भएको छ । अब चीन खाद्य आपूर्तिमा पूर्णतः आत्मनिर्भर बनेको छ । खाद्य आयात र निर्यातको मूल निर्णायक पक्ष विविधतापूर्ण आवश्यकता हो”, श्वेतपत्रमा भनिएको छ ।
“अन्न भण्डारण र आकस्मिक प्रणालीमा सुधार भएको छ । सरकारसँग मनग्य र गुणस्तरीय खाद्य सञ्चय छ । अभावको अवस्था छैन । ठूला र मध्यम आकारका सहर र बजार भाउ घटबढ हुने क्षेत्रमा १०–१५ दिनसम्मको लागि आकस्मिक खाद्य सञ्चय उपलब्ध छ”, श्वेतपत्रमा भनिएको छ ।
“चिनियाँ जनताले के खाने भन्ने कुरा भन्नेमा छनौट छ र त्यस्ता खाद्यपदार्थ स्वस्थ छन्”, जारी श्वेतपत्रमा भनिएको छ ।
Leave a Reply