स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
विगोल
नेपालभाषा साहित्य तःमुंज्या ज्यादै लोकप्रिय कार्यक्रम हो । तःमुंज्यामा मन छुने खालका साहित्यहरू वाचन हुन्छ । समाजका सम्पूर्ण अनुभव र चरित्रलाई आत्मसात गरेको दबु हो तःमुंज्या । भक्तपुर खेलकुद, स्वास्थ्य र शिक्षामा मात्र होइन साहित्य, कला, संस्कृति र सङ्गीतको क्षेत्रमा पनि अगाडि छ । यसको श्रेय भक्तपुर नगरपालिका, नेमकिपाका सांसदहरूलाई मात्र होइन नेपालभाषा साहित्य तःमुंज्यालाई पनि जान्छ । राजनीतिक परिवर्तनको लागि वर्गसङ्घर्षमात्र होइन भाषा, साहित्य र जनजातिको पक्षमा पनि सङ्घर्ष गर्नु जरुरी छ ।
धर्म, भाषा र संस्कृति अमूर्त सम्पति हो । भक्तपुर अनुशासित जिल्ला हो । भक्तपुरबाट देशका ठूला–ठूला नेताहरूले अनुशासन, चरित्र र नैतिकता सिक्नुपर्छ, इमानदारी र निःस्वार्थपूर्वक सेवा गर्न भक्तपुरबाट नसिकी हुँदैन । देश र जनताप्रति समर्पित भएर काम गर्ने नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँबाट नसिकी हुँदैन । उनी प्रेरणाका स्रोत हुन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ‘हामी कम्युनिस्ट हुन सकेनौँ’ बोलेको यथार्थ हो । अतः नेकपा कम्युनिस्ट पार्टी होइन । आफै कम्युनिस्ट हुनबाट हटेको हो कि कम्युनिस्टको मर्म भुलेर कर्तव्य पालना गर्न नसकी चिप्लिएको हो ? कम्युनिस्ट हुनु त कता हो कता कम्युनिस्ट चरित्र निर्माण गर्ने काम पनि भएको छैन । पार्टी सदस्यता जो कसैलाई दिइँदैन । जनवर्गीय सङ्गठनमा काम गरेपछि कामको मूल्याङ्कनको आधारमा पार्टी सदस्यता दिइन्छ । तर नेकपाले राजावादी आए पनि, माफिया आए पनि ज्वाइँसरह भित्याउँछ र जिम्मेवारी दिन्छ । नेमकिपामा सामन्तहरूलाई ठाउँ छैन ।
बहुदलीय जनवाद र माओवाद मिलेर कसरी नेकपा भयो ? आश्चर्य छ । उद्योगधन्दाको विकास गरेर रोजगारी दिनुपर्नेमा सरकारले सरकारी उद्योग र संस्थानहरू नै बेचिदिन्छ । देशमा आमूल परिवर्तन गर्ने नेताहरूको खाँचो छ । ठूलठूला दल नेका र नेकपाले देशको विकास गर्न नसकेको हुँदा देशमा वैकल्पिक नेतृत्वको विकास गर्नु आवश्यक छ । संसारकै सबभन्दा बढी नेपालमा राम्रो संविधान बनेको भनिएको देशमा मधेसवादी नेताहरु एक मधेस एक प्रदेश नभए नेपाल अलग्ग राष्ट्र बनाउने धम्की दिन्छन् । यसरी सरकारलाई हाँक दिए पनि सरकार मुसुमुसु हाँसिरहन्छ । कहिले तराई टुक्राउने चुनौती दिन्छ । तर पनि सरकारी नेता र मन्त्रीहरू चुइँक बोल्दैनन् ।
नेपालभाषा साहित्य तःमुंज्याको सुन्दर दबुमा बसेर सुन्दर साहित्य र सुन्दर कुराको अनुभूत भयो । तःमुंज्याको साहित्यिक र सांस्कृतिक दबुले दिनलाई सुन्दर बनाइरहेको छ र देशभरि सन्देश छरिरहेको छ । यस्तो कार्यक्रममा विरलै भाग लिने अवसर मिल्छ । भक्तपुर मौलिक बासिन्दाहरूको सहर हो । राष्ट्रियता बोकेको कर्मठहरूको थलो हो । रोहितले भक्तपुरमा मूर्ख ज्यापुहरूलाई शासन गर्छन् भन्ने कुरा गलत हो । शोषणरहित समाज स्थापना गरेर गाँस, बास र कपासको बन्दोबस्त गर्न नेमकिपा सङ्घर्षरत छ । आफू कम्युनिस्ट नभए पनि लेखकहरू इमानदारीपूर्वक देश र जनताको सेवा गर्ने सच्चा कम्युनिस्टहरूको योगदानको कुरा लेखिरहन्छन्, लेखिरहने छन् । मोदनाथ प्रश्रितको भनाइमा नेकपाले जङ्गली शासन गरिरहेको छ । मनमा शान्ति छैन, सुत्दा निद्रा लाग्दैन । सिद्धान्त, विचार र राष्ट्रियता भुलेर विकासको ध्वाङ फुकिरहेको छ । नेपाल सरकारलाई मिलाउन र बजाउन भारतीय सरकार नै चाहिन्छ । भक्तपुरको झिल्को देशभर फैलोस्, देशमा विधिको शासन स्थापना होस् ।
पानी र खानाविना मानिस बाँच्न सकिंदैन । तर, जलस्रोतको धनी देशमै पानीको हाहाकार छ । अरब मुलुकमा डिजेल र पेट्रोलको भण्डार छ तर त्यहाँ पानी नभएर पर्याप्त खाद्य उत्पादन हुँदैन । स्वच्छ पानी खानमात्र होइन सिंचाइ गरेर खाद्य उत्पादन गर्न खाँचो छ । पानीको विकल्प छैन । देश खाद्यानमा आत्मनिर्भर छैन । व्यापार घाटा छ । कृषिप्रधान मुलुकमा दाल, भात र तरकारी पनि आयात गर्नुपर्छ । सरकारले पानीको महत्व बुझेन । नेपालीले स्वच्छ पानीमात्र सेवन गर्न पाए औषधिमा भइरहेको आधा खर्च जोगिन्छ । विज्ञहरूका अनुसार औषधि सेवनमा मात्रै ५० अर्ब खर्च हुन्छ । अतः पिउने स्वच्छ पानी र खाद्यमा नेपाली सुरक्षित हुनुपर्छ । भारतले नेपाललाई उपनिवेश नबनाएको दाबी गर्छ तर नेपालको जलस्रोत भारतलाई सुम्पिरहेको छ । सुखायाममा नेपालले सञ्चित गरेको पानी भारतीय भूमि हरियाली बनाउन नेपालको पानी भारतलाई दिइरहेको छ ।
अन्तर्राष्ट्रिय नियमविपरीत भारतीय पक्षले बनाएको तटबन्ध र बाँधका कारण नेपालको १ लाख २२ रोपनी भूमि डुवानमा परेको छ । यसले खाद्यान्न उत्पादनमा ठूलो क्षति पु¥याएको छ । ठूलो धनजनको क्षति गरेको छ । जीवन कष्टकर बनाएको छ । तैपनि सरकार बिउँझेको छैन । नेपालको पानी र बिजुली नेपालकेन्द्रित गर्नुपर्छ । नेपाललाई छोडेर भारतलाई बिजुली बेच्नु सही कदम होइन । नेपाल भारतको तावेदार बन्नु गलत हो । नेपालको लागि चाहिने बिजुली र पानी भारतलाई दिनु मूर्खताको पराकाष्ठा हो । राजनीति गर्नु खेलठट्टा गर्नु होइन । राजनीतिमा त्याग र तपस्याको जरुरी छ । तर, यहाँ इमानजमानको राजनीति गर्दैन । यो विडम्बनाको विषय हो । नेपालभाषा साहित्य तःमुंज्याले साहित्यिक आन्दोलनमा इतिहास कोरेको छ । तःमुंज्याले भाषा, साहित्य र संस्कृतिको उत्थानमा अभियान छेडेको छ । यो भक्तपुरको लागि मात्र होइन नेपालकै निम्ति गौरव गर्न लागेको विषय हो । तःमुंज्या बहुमत जनताको मन जित्ने आकर्षक दबु बनेको छ ।
Leave a Reply