महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
दानबहादुर कपाली
नेपालको दुईदिने राजकीय भ्रमण गरेर चिनियाँ राष्ट्रपति सी चिनफिङ आइतबार स्वदेश फर्के । स्वदेश फर्केको भोलिपल्ट आयोजित एक विशेष समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रपति सीलाई ‘महामहिम राजदूत’ भनी पटक–पटक सम्बोधन गरे । उनको अभिव्यक्ति सुनेर चिनियाँ टोलीका सदस्यहरूमात्र होइन कार्यक्रममा सहभागी नेपालीहरू पनि मुसुमुसु हाँसे । तर पनि उपप्रम पोखरेलले आफूले गलत सम्बोधन गरिरहेको चाल पाएनन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवम् राष्ट्रपतिलाई महामहिम राजदूतको सम्बोधन गरिरहँदा सहभागी उच्चपदस्थ पदाधिकारीहरू लाजले शिर निहुराएर बसिरहे । उपप्रम पोखरेलले सो गलत सम्बोधन जानाजानी गरेका अवश्य होइनन् । तर पनि राष्ट्रपतिजस्तो जिम्मेवार व्यक्तिलाई एउटा कर्मचारी सरह सम्बोधन गर्दा कति नमज्जा भयो हाला ।
दर्शकहरू छक्कमात्र परेनन् उपप्रमको अभिव्यक्तिलाई आफ्नै थुकसँग निलेर लाज पचाइरहे । दर्शक दीर्घाबाट न त आपत्ति जनाउन मिल्छ न त गल्ती सुधार्न दिने अवसर नै मिलेको छ । अनजानमा गल्ती हुन गए पनि त्यो अक्षम्य गल्तीजस्तो हुन गयो । कार्यक्रममा बोलिरहुञ्जेल चाल पाएको भए सायद उनले क्षमाप्रार्थी गर्थे ।
उनले तीनपटकसम्म राष्ट्रपति सीलाई ‘महामहिम राजदूत’ भनी दोहो¥याए । यस्तै गल्ती पहिले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । उनले पीडित व्यक्तिहरूलाई दुःख व्यक्त गर्नुपर्नेमा शोक व्यक्त गरेर राष्ट्रपतिको मात्र होइन देशकै बेइज्जत हुने काम गरिन् । उपप्रम पोखरेलको अभिव्यक्तिले पनि उनको मात्र होइन देशको बदनाम हुने काम भयो । नेता, मन्त्रीहरूले बोल्दा एकदम ख्याल गर्नुपर्छ ।
Leave a Reply