भर्खरै :

काठमाडौँ महानगरपालिकाको उपादेयता कहाँ छ ?

बालकृष्ण नेवाः, काठमाडौँ
छिमेकी मित्रराष्ट्र जन गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमण गरी दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएर फर्केका छन् । चिनियाँ राष्ट्रपति सीको भ्रमणको क्रममा नेपाल र जन गणतन्त्र चीनबीच २० वटा परियोजनामा सम्झौता भएको १४ बुँदे संयुक्त वक्तव्य जारी भयो ।
चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि काठमाडौँ महानगरको विभिन्न ठाउँलाई झकिझकाउ हुने गरी सिङ्गारियो । उक्त सजावट देखेर काठमाडौँवासी र नेपाली जनताले त्यस्तो नक्कली र अल्पअवधिको सजावटभन्दा दिगो र स्थायी सजावट आवश्यक छ भनी विभिन्न माध्यमले अभिमत व्यक्त गरेका थिए ।
धेरैको आशङ्का थियो, चिनियाँ राष्ट्रपतिको विमान उड्नेबित्तिकै सजावट गायब हुने छन् । हुन पनि अहिले त्यही भइरहेको छ । त्यत्रो खर्च गरी राखिएका फ्लेक्स प्रिन्टहरू च्याटचुट पारिएका छन् । अरु त अरु सक्कली सयपत्री फूललाई तिहारसम्म पनि जोगाएर राख्ने प्रयत्न गरिएको छैन । दिनको एकपटक पानी दिँदा पुग्ने फूललाई त्यतिकै सुकाएर पठाउने देखियो ।
कोटेश्वर तीनकुनेको भर्खरै सिर्जना गरिएको पार्क स्थायी होस्, केन्द्र सरकार पञ्छिए पनि काठमाडौँ महानगरपालिकाले त्यसको लागि आवश्यक बन्दोबस्त गरोस् भन्ने अधिकांश जनताको माग र अपेक्षा हो । तर, महानगरपालिकाले वास्ता नगरेको सोमबारबाटै देखियो, भर्खरै सारेर हरियो बनाइएका रुख र बिरुवा सोमबारै ओइलायो, आवश्यक पानी पनि दिइएन ।
काठमाडौँको मुख्य सडकमा यत्ति सुन्दरता कायम राख्न नसक्ने महानगरपालिकाले ‘स्वच्छ, सफा र हराभरा काठमाडौं’ को नारा दिनु सुहाएन । यति सानो काम पनि गर्न नसक्ने काठमाडौँ महानगरपालिकाको उपादेयता कहाँ छ ? महानगरपालिकाको काम के नगरवासीसित कर उठाउने र पदाधिकारी र कर्मचारीको सुविधा र भत्तामा पैसा खर्च गर्नेमात्र हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *