तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ३० असोज । “नेपाल मजदुर किसान पार्टीले देशको सार्वभौमिकताको रक्षा गर्ने विषय स्थापनाकालदेखि नै उठाउँदै आएको हो । भारतीय विस्तारवादले नेपालको भूमि अतिक्रमण गरेको विरोधमा पनि नेमकिपाले आवाज उठाउँदै आएको छ ।”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भक्तपुर चाँगुनारायण नपा वडा नं. ४ को ततगोल टोलमा स्थानीय जनतासँग विकास निर्माणसम्बन्धी छलफलमा बिहीबार उक्त भनाइ राख्नुभएको हो ।
सांसद सुवालले खुला सिमानाको कारण विदेशीले पनि नेपाली नागरिकता प्राप्त गरेको र नागरिकता ऐन खुकुलो बनाउनेहरू एमाले, माओवादी र नेकाका तत्कालीन सांसदहरू नै भएको उल्लेख गर्दै भारतको नगरपालिकाको वडा सदस्यमा हारेका मानिस नेपालको संविधानसभा सदस्य हुनुले पनि नेपालको नागरिकता वितरण कति अराजक भन्ने कुरा पुष्टि हुने बताउनुभयो ।
नेपालीले दुःख पाउनुमा भारतीय विस्तारवादले सिमानामा बनाएका बाँध र तटबन्ध पनि भएको उल्लेख गर्दै सांसद सुवालले विसं २०७२ मा उद्योगमन्त्रीले नियुक्ति गरेका विराटनगर जुट मिलको व्यवस्थापन समितिले मेसिन अड्याउने ठूलठूला काठ, पार्टपुर्जादेखि कुरूवा घर र पर्खालसमेत भत्काएर बेचेको समाचार प्रकाशित भए पनि वर्तमान ओली–दाहाल सरकारले केही नबोलेको चर्चा गर्नुभयो ।
प्रतिनिधिसभा सदस्यको सिफारिसमा ३ करोड रूपैयाँको कम्तीमा ५० लाख रूपैयाँभन्दा बढीको योजना बनाउनुपर्ने र ती योजना ठेक्कामार्फत गर्नुपर्ने कार्यविधिले वर्तमान ओली–दाहाल सरकार ठेकेदारमार्फत सञ्चालित भएको पुष्टि हुने उल्लेख गर्दै सांसद सुवालले उक्त कार्यविधि संशोधन गरी उपभोक्ता समितिमार्फत पनि गर्न मिल्ने प्रावधान राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “प्रधानमन्त्री केपी ओलीले म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचारीको मुख पनि हेर्दिनँ’ भन्ने भनाइलाई वाइडबडी, एनसेल, फोरजी, ३८ क्वीन्टल सुन तस्करजस्ता घटनाले असत्य बनाए ।”
हतियार बोक्दैमा, लामो समय जेलमा बस्दैमा कोही क्रान्तिकारी नहुने उल्लेख गर्दै सांसद सुवालले बुटवलको सुकुमवासी टोलको आठ आना जग्गा बिक्री गरी बालुवाटारको आठ आना जग्गा खरिद गर्ने सम्भावना नभएको बताउनुभयो ।
सांसद सुवालले देशको सन्तुलित विकासमा जोड दिँदै अन्तर्राष्ट्रिय रङ्गशाला मकवानपुर, बारा, पर्सामा बनाउनु उपयुक्त हुने र दुईसय अर्ब रूपैयाँको द्रुतमार्ग आवश्यक नभएको उल्लेख गर्नुभयो ।
विकास निर्माणको काम जनताको सहभागितामा गुणस्तरीय र पारदर्शीरूपमा सम्पन्न गर्नु आवश्यक छ, सांसद सुवालले आग्रह गर्नुभयो ।
स्थानीय जनताले नेमकिपाका सांसदकै सिफारिसमा रू. २० लाख बजेटबाट ततगोल टोलसम्म गाडी पुग्ने कच्ची भए पनि सडक निर्माण भएको उल्लेख गर्दै आगामी दिनमा पनि बजेट खर्च इमानदारीका साथ गर्ने वाचा गर्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेँ फोजूले पार्टीको सातौँ महाधिवेशनको सन्देशबारे चर्चा गर्नुभयो ।
Leave a Reply