अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, ३० असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार च्वङा गणेश स्थान विकास संस्थाको चौथो साधारणसभाको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले आफ्नो ठाउँको सांस्कृतिक सम्पदा आपैmले पुनःनिर्माण गर्ने भावनाले भक्तपुर नपाले संरक्षण गरिरहेको बताउनुभयो ।
च्वङा गणेश स्थानलाई सुरक्षित र आकर्षक गन्तव्यस्थलको रुपमा विकास गर्न आवश्यक भएको उल्लेख गर्दै उहाँले यहाँको सरसफाइको बन्दोबस्त व्यवस्थित गर्दै विकास निर्माण उपभोक्ता समितिमार्फत गर्नुपर्ने बताउनुभयो ।
“१०८ रोपनी जग्गा व्यवस्थापनको लागि नगरपालिकाले पटक–पटक सम्बन्धित निकायलाई पत्राचार गर्दा पनि सुनुवाइ नभएकोले नगरपालिका आफैँले पर्खाल लगाई त्यहाँको व्यवस्थापनमा सक्रियता बढाएको हो”, उहाँले भन्नुभयो । भक्तपुर नगरपालिकाले पर्ती जग्गा र सरकारी जग्गाहरू संरक्षण गर्दै पुरानो मौलिक शैलीमा पुनःनिर्माणमा जोड दिइरहेको उहाँले बताउनुभयो ।
उहाँले नगरको सन्तुलित विकासमा जोड दिइरहेको चर्चा गर्दै शिक्षा र स्वास्थ्यमा जोड दिइरहेको विचार व्यक्त गर्नुभयो ।
वडा नं. २ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले सांस्कृतिक महत्व बोकेको च्वङा गणेश स्थानको वातावरण सफा र स्वच्छ बनाउन संस्था क्रियाशील रहेको बताउँदै नगरपालिकाद्वारा गठित विभिन्न समितिबाट भएका गतिविधिबारे जानकारी गराउनुभयो ।
संस्थाका अध्यक्ष लक्ष्मीनारायण राजलवटले २०२१ को भूमि नापीमा च्वङा गणेश स्थान पर्ती जनिएको र २०४० मा नेपाली सेनाको नाममा दर्ता भएको बताउनुभयो । उहाँले संस्थाको हरेक काममा जनताको सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा संस्थाका सचिव शारदाभक्त ब्याञ्जुले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष विष्णुप्रसाद प्रजापतिले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष ओमकृष्ण श्रेष्ठ र सहसचिव कृष्णगोविन्द मुलगुठीले पनि बोल्नुभएको थियो ।
Leave a Reply