भर्खरै :

त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप

काठमाडौँ, ३० असोज । विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ । निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फाराम भर्नेको सङ्ख्यामा बढेपछि कार्तिक ८ गतेसम्मका लागि समय थप गरिएको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दोब्बर दस्तुरमा कार्तिक १९ गतेसम्मका लागि समय थप गरिएको छ । अहिलेसम्म जनप्रशासनमा ५ हजार र राजनीतिकशास्त्रमा ६ हजारले परीक्षा फाराम भरिसकेका छन् । भोलि शुक्रबारसम्म तोकिएको दस्तुर र १५ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्ने समय तोकिएको थियो ।
गत वैशाखमा त्रिविले स्नातकोत्तर तहको जनप्रशासन र राजनीतिक शास्त्र विषयको निजीतर्फको फाराम खुला गरेको थियो । सेमेष्टर प्रणाली सुरु भइसकेकोले यस वर्ष निजीतर्फको अन्तिम परीक्षा हुने भएकोले फाराम भर्ने विद्यार्थीको सङ्ख्या बढेको छ । सहनियन्त्रक अधिकारीले वार्षिक परीक्षाअन्तर्गत निजीतर्फ भर्ना लिने वा नलिने भन्नेमा अझै निर्णय नगरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *