अदालतमा आर्थिक चलखेल कहिलेसम्म ?
- आश्विन ६, २०८३
ब्रिटानिया (BRITANNIA) बिस्कुट ३–४ महिनादेखि तौलमा पनि कम, गुणमा कमसल र हरेक बट्टामा झन्डै एकतिहाइ बिस्कुट किनारामा डढेको पाइएको छ ।
बट्टा हेर्दा त्यस्तै लाग्ने तर तौल, गुण र डढेको हुँदा उपभोक्ताहरूको स्वास्थ्यमा केही खराब असर पर्ने हो कि भन्ने चिन्ता उपभोक्ताहरूबाट सुन्नमा आएको छ ।
सम्भवतः कम्पनिले उपभोक्ताहरूलाई ठगेको हुनसक्छ वा कम्पनिकै विरोधमा बट्टा उस्तै बनाएर नक्कली ब्रिटानिया बिस्कुट बजारमा पठाएको हो । यसबारे सम्बन्धित पक्ष गुणस्तर तथा नापतौल विभाग तथा नगरपालिका वा जिल्ला प्रशासन कार्यालयले तत्काल जाँचबुझ र कारबाहीमा जानुपर्ने हो कि ?
आशा गरौँ, छिट्टै उपभोक्ताहरूले आफ्नो मूल्यको उचित सामान पाउने छन् ।
बट्टामा डाइजेस्टिभ ओरिजिनल बिस्कुट्स (Digestive original Biscuits) र २५ प्रतिशत थप छुट (25% Extra FREE) लेखिएको छ । २० प्रतिशत पुरै गहुँको पीठो र यसमा अरू के–के खाद्यसामग्री र तत्व मिलाइएको छ भन्नेबारे पनि छानबिन गर्नु उपयुक्त होला ।
यसको तयारी वीरगञ्ज नगरपालिका वडा नं. २१, पर्सा, नेपालमा भएको लेखिएको छ । एक बट्टाको मूल्य भक्तपुरको पसल–पसलमा रु.१८० देखि २०० सम्म लिने गरिरको छ ।
–एक उपभोक्ता
Leave a Reply