सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
प्रा.डा. धनरत्न शाक्य
मानिसले आफ्नो अस्तित्व र पहिचान स्थापना गर्ने प्रयास स्वभावतः सुरुदेखि नै गर्दै आएको देखिन्छ । सभ्यता र विकासको क्रममा विभिन्न ठाउँ र कालखण्डमा धेरै प्रभावशाली र शान्त संरचना, घटना, प्रकरण, प्रथा, चलन, परम्परा र प्रवृत्तिहरूले आफ्नो उपस्थिति र प्रभाव देखाएका छन् । मानिसद्वारा यसरी सिर्जित यावत् कुराहरू संस्कृतिअन्तर्गत समाहित र संरक्षित रहने गर्छन् र पुस्तौँँपुस्तामा हस्तान्तरण हुँदै जान्छन् ।
मूलतः समय, स्थान र मानवीय सन्दर्भ र पृष्ठभूमिको विविधताले गर्दा संस्कृति र सांस्कृतिक विषयमा पनि विविधता रहनु स्वाभाविक हो । यस्तो विविधताले नै वास्तवमा निश्चित परिवेश, कालखण्ड र मानवीय समुदायको पहिचान पनि निर्माण गरेको हुन्छ । अतः, संस्कृति मानव अस्तित्व र पहिचानको आधार हुने गर्छ ।
संस्कृति के हो ?
समाज, समुदायमा मानिसले बनाएका चलाएका कुरा, संरचना, चालचलन, परम्परा, चाडपर्व आदि संस्कृतिका पहलु हुन् । संस्कृतिअन्तर्गत पाटी, पौवा, मन्दिर, गुम्बा, चर्च, मस्जिद, चैत्य, धाराजस्ता सामूहिक भौतिक संरचना र नाचगान, लोकगीत, नाटक, लोककथा, आख्यान, लोकोक्ति, ग्रन्थ, पुस्तक, भाषा, भेषभूषा, लवाइखवाइ आदि लोकसाहित्य चाडबाड, दिवस, जयन्ती, यज्ञ, मेला, भेला, भोज, मानव जीवनका विविध अवसरहरूसँग सम्बन्धित पास्नी, संस्कार, परम्पराजस्ता अवसर विशेष तथा गुठी, सामूहिक बेलविवाहजस्ता अवधारणा सांस्कृतिक अवयव र धरोहर हुन् ।
सांस्कृतिक समानता
संस्कृतिमा विश्वजनिन समानता र विविधता दुवै भेट्न सकिन्छ । सार्वजनिन र समान कुराहरूले विश्वबन्धुता, एकता, समानता र प्रकृति धर्मको मर्मबाट सबैलाई एक सूत्रमा बाध्ने सन्देश, हौसला र दर्शन मिल्छ । यसले विश्व भाइचारा र बन्धुताको लागि झक्झकाइरहन्छ । सडक, पुस्तकालय, यातायात, विद्यालय, भवन, दरबार, कार्यालय, विद्युत्, मोबाइल, इन्टरनेट, वैज्ञानिक सेवासुविधाले अब दुनियाँ एक समान हुँदै छ । विश्वका कुनै पनि कुनामा अब यी कुराहरू उस्तै लाग्छन् ।
सांस्कृतिक विविधता
विश्वका सहरहरू त्यहाँका सडक, भवन वा यातायातजस्ता सार्वजनिकभन्दा पनि त्यहाँका अतुलनीय वा बेजोड वा फरक सांस्कृतिक कुराले गर्दा चिनिने हुन्छ । जस्तैः– भक्तपुर सहर पाँचतले मन्दिर, स्वर्णद्वार, पचपन्न झ्याले दरबारले गर्दा चिनिन्छ । ललितपुर कृष्ण मन्दिर, बहाबही तथा काठमाडौँ पशुपतिनाथ मन्दिर, स्वयम्भू, बौद्धनाथको चैत्यले गर्दा अद्वितीय छ । नेवारहरू आफ्ना परम्परा, भोजभत्तेर, खानाको परिकार, गुठी आदिका लागि चिनिन्छन् । हरेक समुदायका आ–आफ्ना फरक चालचलन र संस्कृति हुन्छ । नेपाल भौगोलिकरूपमा त्यति विशाल नहोला तर सांस्कृतिक विविधताको हिसाबले अत्यन्त धनी देखिन्छ । नेपालमा अहिले पनि १०० भन्दा बढी भाषाभाषी र १२५ भन्दा बढी खालका सांस्कृतिक जातीय समुदाय छन् ।
एकै बोटका पनि हाङ्गाबिङ्गा परस्परमा धेरै हदसम्म समान भए पनि केही हदसम्म, रुपरङ्ग र हिसाबले भिन्न र फरक हुने गर्छ । यस्तो भिन्नता बिल्कुलै स्पष्ट र मूल पक्षको पनि हुनसक्छ । जस्तैः– नेवार जातिमा कुमारी प्रथाको चलन । कतिपय विभिन्नता र विविधता हल्का, परिमार्जितस्वरूप वा कम प्रस्ट खालका पनि हुन्छन् । जस्तैः– ठाउँ विशेषमा केही शब्दहरूको उच्चारण र विन्यासमा भिन्नता ।
विविधताको सकारात्मकता
यस्ता भिन्नता र विविधताले गर्दा बोल्नै र भन्नै नपर्ने गरेर र कतिपय सूक्ष्म कुराको भने अध्ययन अवलोकनद्वारा त्यस ठाउँ, व्यक्ति र समाजको परिचय, पहिचान गर्न सकिने हुन्छ । मलाई याद छ, बाल्यकालमा काठमाडौँ वा ललितपुरतिर जाँदा त्यहाँका नेपालभाषीहरू पानीलाई ‘ल’ भन्ने, भक्तपुरकाहरू ‘ना’ भन्ने र बोलीबाटै थाहा हुन्छ को कहाँबाट आएका भनेर । यो कुरा नेपाली, अङ्ग्रेजी वा अरू भाषाहरूमा पनि लागू भएको पछि थाहा हुँदै र देख्दै गएँ । यसरी भाषा, साहित्य, लवाइखवाइ, भेषभूषा, चालचलन, परम्परा, विधिव्यवहार, कला आदिमा रहने विविधता एक हिसाबले विशेषता हो, पहिचान र परिचयको माध्यम हो ।
यस्तो पहिचानका लागि प्रेरित भएर विभिन्न कालखण्डमा विभिन्न ठाउँमा स्वस्थ प्रतिस्पर्धात्मक हिसाबले धेरै खालका मठमन्दिर, पाटीपौवा, जात्रा, गुठी, चाडपर्वको सुरुआत, विकास र निरन्तरता भएको त हामी नेपालीकै इतिहास छ । अहिले कति धार्मिक, सांस्कृतिक र लोककल्याणकारी क्रियाकलाप यही अवधारणामा अगाडि बढिरहेका छन् ।
विविधतामा आवश्यक सतर्कता
यसरी फरक भएका विभिन्न पक्ष वा कुरालाई लिएर एक समुदाय, समाज वा राज्यका मानिसले अर्कोलाई गिज्याउने, होच्याउने, मानमर्दन गर्ने, दबाउने गरेको पनि दुनियाँमा देख्दै, भोग्दै र जीवनको कटुसत्यको रूपमा धेरैथोरै हुँदै आएको कुरा हो । ठूला–साना झगडामात्रै होइन, युद्धसम्म संस्कृतिको नाउँमा भएर जन, धन र संस्कृतिकै खति भएको कुरा इतिहासमा धेरै छन् । नेपाली समाजमा सांस्कृतिक विभिन्नता एकातिर पहिचान भएको देखिन्छ भने यदाकदा भेदभाव, विवाद र झगडाको कारण पनि बनिरहेको देखिन्छ । यसमा सांस्कृतिक विविधताभन्दा त्यस ठाउँ र समय विशेषका मानिसहरूको अहम्, स्वार्थ र असमझदारी वास्तवमा समस्याको जरो हुने गर्दछ । आफ्नो समाज संस्कृतिमा रहेका राम्रा–नराम्रा पक्ष केलाएर आफ्नै संस्कृति चिन्न आवश्यक छ । अनि, कसैको मानव अधिकार र राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुन मान्यतालाई खलल नपुग्ने गरी अवलम्बन गर्नुपर्छ । अरू समाज संस्कृतिलाई सम्मान गर्न सिक्नुपर्छ ।
सांस्कृतिक शिक्षा
विविधता भनेको स्वाभाविक र अकाट्य कुरा हो । त्यसलाई सामान्य र स्वस्थ हिसाबले बुझेर, व्यवहारमा परस्परमा सम्मानजनक हिसाबले उतारेर सामाजिक, राष्ट्रिय र विश्वस्तरमा नै अगाडि बढ्दा मानवमात्रको कल्याण हुने कुरा युग र इतिहासले सिकाएको पाठ हो । यस दिशातिर बेलामौकामा छलफल, चिन्तनमनन, नीतिनियमको निर्माण भएको देखिन्छ । युनेस्को बायोइथिक्स मानव अधिकारसम्बन्धी डिक्लेरेसनको मूलभूत सिद्धान्तहरूमा बा¥हाँैं बुँदाका रूपमा ‘सांस्कृतिक विविधताको सम्मान’ रहेको छ ।
यो वर्षको विषय
यो वर्ष २०१९ को विश्व बायोइथिक्स दिवसले यही महत्वपूर्ण सिद्धान्तलाई नाराको रूपमा अघि बढाएर विभिन्न स्थानीय, राष्ट्रिय–अन्तर्राष्ट्रिय कार्यक्रमको माध्यमबाट यसबारे चिन्तनमनन, अध्ययन र अवलम्बन गर्न झक्झकाएको छ । बायोइथिक्स नेटवर्कको नेपाल एकाइले पनि स्वास्थ्य विज्ञानका विद्यार्थी, शिक्षक र जनसाधारणबीच चेतना र जारुकताको लागि विविध कार्यक्रमको आयोजना गरेको हो । अक्टोवर १९ का दिन विश्वभरि नै बायोइथिक्स दिवस मनाइँदै छ । नेपालमा पनि यस वर्षको नारामा केन्द्रित रहेर विविध चेतनामूलक कार्यक्रमको समापन कार्यक्रम वी.पी.को.स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।
विभिन्न फूलको साझा फूलबारीको यो देशमा शान्ति, विकास र समुन्नतिका लागि बाँचिरहेका हामी नेपालीका लागि योभन्दा सान्दर्भिक अवधारणा अरू के हुनसक्छ र ! सबैलाई हार्दिक शुभकामना ।
(लेखक वरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ हुनुहुन्छ ।)
Leave a Reply