तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंँ (रोहित) को प्रमुख आतिथ्यमा उनन्चालीसौँ नेपालभाषा साहित्य तःमुंज्याको सिँहावलोकन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले बहुसङ्ख्यक जनताको पक्षमा लेखिएको साहित्यले समाजको हित गर्ने हुँदा साहित्यकारहरूले प्रगतिशील साहित्य लेखनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले जोड दिनुभयो, “साहित्य लेखनमा नयाँ पुस्तालाई उत्साहित गर्नुपर्छ । तःमुंज्याले साहित्यकारहरूलाई नियमित प्रशिक्षण चलाउनु आवश्यक छ ।”
तःमुंज्याले कुनै एउटा जात र भाषालाई मात्र प्राथमिकता नदिई समग्र भाषा र संस्कृति उत्थानको लागि काम गरिरहेको चर्चा गर्दै उहाँले तःमुंज्यामा व्यक्ति विशेषज्ञहरूको प्रवचनले सर्वसाधारण जनताले धेरै ज्ञान हासिल गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रज्ञा–प्रतिष्ठानले गर्नुपर्ने काम तःमुंज्याले गरिरहेको छ ।”
समाज राम्रो नभएसम्म व्यक्ति–परिवार राम्रो नहुने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले नेमकिपाले शोषित–पीडित जनताको उत्थानको लागि उपयोग गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कुनै पनि काम इमानदारीसाथ सम्पन्न गर्दा त्यसबाट पाउने सम्मान र बधाई ग्रहण गर्न सिक्नुपर्छ । यसबारे आयोजक साथीहरूले समीक्षा गर्नु आवश्यक छ ।”
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले पार्टीको सिद्धान्तलाई साहित्य र संस्कृतिमार्फत अगाडि लान तःमुंज्या बर्सेनि आयोजना हुने गरेको बताउनुभयो ।
तःमुंज्या सफल हुनुको पछाडि नेमकिपाको मार्गनिर्देश, नीति र कार्यकर्ताहरूको अनुशासन नै हो, उहाँले भन्नुभयो ।
तःमुंज्याका अध्यक्ष एवम् जनकवि चन्द्रबहादुर उलकले साथीहरूको मिहिनेत र लगनशीलताले तःमुंज्याको कार्यक्रम भव्यरूपमा सफल भइरहेको बताउनुभयो ।
श्यामसुन्दर मातांको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकला, विनोदचरण राय, गणेशप्रसाद सुवाललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा उन्नाचालीसौँ नेपालभाषा साहित्य तःमुँज्याको विभिन्न समिति÷उपसमितिका संयोजकहरूले आ–आफ्नो समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।
Leave a Reply