तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २ कार्तिक । नेमकिपाका केन्द्रीय सचिव एवम् सांंसद प्रेम सुवालको प्रमुख आतिथ्यमा नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ पाँचौ भक्तपुर जिल्ला समितिबाट निर्वाचित पदाधिकारीहरूको सपथग्रहण कार्यक्रम शनिबार सम्पन्न भयो ।
नेमकिपा र नेक्रा मजदुर सङ्घले कामदार वर्गका चालक र परिचालकको सांस्कृतिकस्तर विकास गर्न जोड दिँदै आएको उल्लेख गर्दै सचिव सुवालले भन्नुभयो, “सार्वजनिक यातायात राम्रो भएको देश व्यवस्थित ठानिन्छ । देशको सन्तुलित विकास भए काठमाडौँको सडकजाम, धुलो–धुँवा प्रदूषण, फोहरमैला हट्छ ।”
उहाँले भन्नुभयो, “राम्रोसँग प्रशिक्षण पाएकालाई सवारी चलाउने अनुमतिपत्र दिने, घूस लिई सवारी चालक अनुमतिपत्र नदिने, सडकको क्षमताअनुसारमात्र सवारी दर्ता गर्ने, चालकले लेन पालना गरे सवारी दुर्घटना धेरै कम हुन्छ ।”
भारतसँग किनेको गाडी केही वर्षपछि उसैलाई कवाडी मोलमा बेच्नुपर्ने हुँदा नेपालको अर्थतन्त्रमा नकारात्मक असर परिरहेको चर्चा गर्दै सांसद सुवालले जोड दिनुभयो, “नेपाल जलविद्युत् उत्पादन प्रचुर सम्भावना भएको देश हुँदा सरकारले विद्युतीय गाडी सञ्चालनमा जोड दिनुपर्छ । भारतीय गाडी आयात गरी भन्सार उठाएर बजेट बनाउने काम सरकारले छोड्नु आवश्यक छ ।
उहाँले भन्नुभयो, “मजदुरहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे जानकारी राख्नु आवश्यक छ । भारतले नेपाललाई पाकिस्तान सदस्य भएको सार्कको बैठक स्थगित गरायो भन्ने पाकिस्तान सदस्य नभएको विम्स्टेकको बैठक गरायो । सरकारमा गएका दलहरूले भारतले भनेअनुसार काम गर्नु भारतीय दलाल सावित हुनु हो ।”
आयोजक समितिका अध्यक्ष शिव सितिखूको सभापतित्वमा भएको कार्यक्रममा नेक्रामजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवाल, भनपा वडा नं. १ का वडा अध्यक्ष श्यामकृष्ण खत्री, केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवाल, ज्ञानी महर्जन, गणेशप्रसाद लोहला, शिवराम त्वानावासू, राजाराम बासुकला, विश्वनाथ प्रधानाङ्गलगायतले बोल्नुभएको थियो ।
Leave a Reply