अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, २ कार्तिक । समाज सुधार बचत तथा ऋण सहकारी संस्थाको बा¥हौँ साधारणसभा एवम् अधिवेशन शनिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का प्रदेश सदस्य सुरेन्द्रराज गोसाईँको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले सहकारीको माध्यमबाट जनचेतना जगाउन आग्रह गर्नुभयो ।
नेमकिपाको सातौँ महाविधेशनको सन्देश प्रवाहको क्रममा प्रदेश नं. २ मा हालै भएको जनतासँगको भेटघाट कार्यक्रमबारे जानकारी दिँदै केन्द्रीय गोसाईंले भन्नुभयो, “तराईमा पनि विभिन्न विकास निर्माण कार्यमा सत्तानजीकका ठेकेदारहरूको हालीमुहाली रहेको छ । सिंचाइको अभावमा तराईका खेत बाँझा छन् । किसानहरूको समस्या विकराल छ ।”
“ठेकेदारहरूले पानी बग्ने खोला, नहर तथा पोखरीहरूसमेत आफ्नो ठेकामा पार्दा किसानहरू खेत बाँझो राख्न विवश छन् । ६० प्रतिशत तराईका जनताले भारतबाट चामल आयात गरेर खाइरहेका छन् । यो स्थितिले तराई नेपालको अन्न भण्डार रहेन ।”
विकासका नाममा वर्तमान सरकारले झूट बोलिरहेको चर्चा गर्दै देशमा विकासभन्दा विनास बढिरहेको छ भन्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका प्रतिनिधि काजीबहादुर पञ्चले सहकारी सदस्यहरूले संस्थाबारे विस्तृत जानकारी थाहा पाई संस्थाको प्रगतिमा लाग्नुपर्छ भन्नुभयो ।
संस्थाका अध्यक्ष महेन्द्र बखुन्छेँको सभापतित्वमा भएको कार्यक्रममा सल्लाहकार श्याम बिसुङ्खे, संस्थाका पदाधिकारीहरू सीताराम खिउँजू, राजेन्द्र बखुन्छेँलगायतले बोल्नुभएको थियो ।
अधिवेशनले महेन्द्र बखुन्छेँको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
Leave a Reply